३१ आश्विन २०८३, शनिबार

इण्डोनेसियामा हतियारधारी समूहको आक्रमणमा परी २५ जनाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १९ मंसिर । इण्डोनेसियामा हतियारधारी समूहको आक्रमणमा परी २५ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त पपुवामा गत आइतबार रोड निर्माणमा खटेका २४ कामदारको हत्या भएको थियो।

आक्रमणको खबरपछि प्रहरी तथा सेना घटनास्थल पुगेका थिए। सोहि क्रममा हतियारधारी समूहले प्रहरी र सेनामाथि समेत आक्रमण गरेका थिए।

घटनामा एक सेनाकोपनि ज्यान गएको थियो। प्रहरीले आक्रमण तथा हत्याको आरोप विखण्डनवादी लडाकुहरुमाथि लगाएका छन्।

ती विखण्डनवादी लडाकुहरुले दशकदेखि पपुवालाई अलग गरिनुपर्ने मागसहित सरकारसँग युद्ध गरिरहेका छन्। -एजेन्सी