श्रीलङ्का, १९ मंसिर । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हिटलरसँग तुलना गर्दै देशको राजनीतिक सङ्कट नबढाउन छ हप्ता पहिले पदच्युत गरिएका श्रीलङ्काका पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले आफ्नो सुझाब दिएका छन् ।
रनिल विक्रमासिङ्गेले उक्त भनाई देशका राष्ट्रप्रमुखलाई सङ्केत गरी प्रधानमन्त्रीको सरकारी कार्यालयबाटै आएको हो । प्रधानमन्त्रीबाट बर्खास्त गरिएपनि उनले आफू संसदले चुनेको प्रधानमन्त्री भएको दावी गर्दै सरकारी निवास भने छोड्न मानेका छैनन् ।
विक्रमासिङ्गेले भने, ‘मैले संसदमा बहुमत पुष्टि गरेकाले राष्ट्रपतिले मलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नुको विकल्प छैन ।’
‘मैले राष्ट्रपतिलाई संविधानलाई मिचेर हिटलरजस्तो नबन्न आग्रह गरेको छु । हामीले उहाँलाई संबिधान मिचेर अघि बढ्न दिने छैनौँ’, उनले भनेका छन् ।
राष्ट्रपति सिरिसेनाले विक्रमासिङ्घेलाई वर्खास्त गरी पूर्व राष्ट्रपतिसमेत रहेका महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरे पनि उनको पक्षमा संसदमा बहुमत नहुँदा प्रधानमन्त्रीका रूपमा काम गर्न सकेका छैनन् ।















प्रतिक्रिया