शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

इजरायलसँग तालमेल गरेको अभियोगमा छ जनालाई फाँसीको फैसला

दैनिक नेपाल २०७५ मंसिर १८ गते ६:२७

गाजा सिटि, १८ मंसिर । गाजा क्षेत्रमा हमासले सञ्चालन गरेको सैन्य अदालतले सोमबार छ जनालाई फाँसीको सजाय तोकेको छ ।

इजरालीसँग संदिग्ध तालमेल गरेको आरोपमा उनीहरूलाई झुण्ड्याएर मृत्यु दण्ड दिन अदालतले आदेश दिइएको अधिकारीहरुले जनाएका छन् ।

छ जनालाई फाँसीको सजायसहित १४ जनालाई अदालतले दोषी ठहर गर्दै विभिन्न दण्ड सजायको फैसला गरेको गृह मन्त्रालयले जनाएको छ ।

फाँसीको सजाय पाउनेमा अमाल नामकी एक महिला मात्रै रहेको अधिकारीहरुले बताएका छन् ।

हमास र त्यसको गठबन्धनले इजरायलसँग गत सन् २००८ देखि युद्ध लड्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित