शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

नवगठित एनआरएनए स्कटल्याण्डद्धारा सपथ ग्रहण

दैनिक नेपाल २०७५ मंसिर १७ गते १९:०३

स्कटल्याण्ड । हालै गठन भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद कार्यसमितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । गैर आवासीय नेपाली संघ युकेका
अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, उपाध्यक्ष ललित न्यौपाने, सल्लाहकार डा. रामकुमार अधिकारीले स्कटल्याण्ड राज्य परिषदका अध्यक्ष मोहन कार्कीको नेतृत्वमा गठित समितलाई सपथ ग्रहण, प्रमाणपत्र बितरण र सम्मान गरेका थिए ।

समारोहमा बोल्दै एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले स्कटल्याण्डमा राज्य परिषदको गठनबाट एनआरएनए युकेको इतिहासमा नयाँ आयाम थपिएको र स्कटल्याण्डमा एनआरएनएको भूमिकालाई सशक्त गर्नु पर्ने बताए । यस्तै एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले एनआरएनए स्वयम्सेवी संस्था भएको र एनआरएनए युकेले ले गैर आवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानी, युकेमा नेपालीहरुको पहिचान, च्यारिटीहरु लगायत धेरै कार्यहरुको गरिरहेको बताए ।

कार्यक्रममा उपाध्यक्ष ललित न्यौपानेले एनआरएनए युकेले स्कटल्याण्ड सहित वेल्स र नर्थन आयरल्याण्डमा राज्य परिषद गठन गरिएको र चाँडै इङ्गल्याण्डमा राज्य परिषद गठन गरिने बताए ।

प्रतिक्रिया
सम्बन्धित