११ कार्तिक २०८३, बुधबार

यी हुन् अमेरिकामा भिडियो कल गरेर आत्महत्या गर्ने नेपाली युवक

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New York City, USA

क्यालिफोर्निया, १७ मंसिर । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् ।

सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् ।

तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ठट्टा सोच्दासोच्दै सत्य भयो । उनका साथीले भने ।

तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरूका अनुसार अरु बेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे ।

‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिँन भन्थ्यो’, उनका एक साथीले भने, ‘जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरमगरम भन्थ्यो ।’