शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

कावासोती मेयर कप मंसिर २२ बाट हुने

दैनिक नेपाल २०७५ मंसिर १६ गते १६:५०

-बिजय चालिसे
कावासोती, १६ मंसिर । नवलपुरको कावासोतीमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिकाको आयोजनामा यहि मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख चन्द्रा कुमारी पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट नगरपालिकाको एक शसक्त टिम तयार गर्ने उद्देश्य राखिएको जिल्ला फुटबल सङ्घ नवलपरासीका अध्यक्ष सेतमान पुनले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार नगद प्राप्त गर्नेछ भने दोस्रो हुनेलाई ४० हजार नगद प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी सेमिफाईनलमा पराजित हुने दुई टिमलाई नगद १०/१० हजार प्रदान गरिने पत्रकार सम्मेलन गरी जानकारी दिइयो । प्रतियोगिता कावासोती ३ मा रहेको खेल मैदानमा हुने भएको छ । कावासोती खेलकुद मैदान निर्माण उपभोक्ता समितिको सहआयोजना र न्यु भानु आदर्श युवा क्लबको संयोजनमा हुने प्रतियोगितामा करिब ५ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित