५ कार्तिक २०८३, बिहिबार

कम्युनिस्ट पार्टीबाट राजनीति गर्छु, केपी ओली मन पर्छः शंकर विसी

22.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नृत्य निर्देशक शंकर विसीले अबको पाँच वर्षपछि सक्रिय राजनीति शुरु गर्ने बताएका छन् ।

‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै विसीले तत्काल कुनै राजनीतिक दलमा प्रवेश नगरेपनि पाँच वर्षपछि भने राजनीति गर्ने बताए ।

कुनै दलमा प्रवेश गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘कांग्रेस वा कम्युनिस्टमध्ये एउटा दलमा प्रवेश गर्छु । अलिक धेरै झुकाव कम्युनिस्ट पार्टीमा छ ।’

आफूलाई सबैभन्दा धेरै मन पर्ने नेता केपी ओली रहेको उनले बताए । ‘मलाई सबैभन्दा धेरै मन पर्ने नेता केपी ओली हुनुहुन्छ । भेट्न पनि गइरहन्छु’, नृत्य निर्देशक विसीले भने, ‘केपी ओली निस्वार्थ नेता हो ।’

राजनीति गर्ने भएमा कम्युनिस्ट पार्टीबाटै गर्ने संकेत गरेका विसीले भने, ‘अहिल्यै भने म यो दलको हुँ भनेर भन्दैन ।’