काठमाडौं । गायिका सुनिता थेगिमको स्वरमा रहेको ‘यो कस्तो ज्वाला’लाई दर्शक स्रोताले मनपराई दिएका छन् । ‘जख्म’ एल्वमको गीतलाई निर्माण पक्षले पनि आशाको रुपमा लिएको छ ।
गीतको संगीत बुलु मुकारुङले गरेका छन् । शब्द डा.डिआर उपाध्यायले लेखेका हुन् । रचनाकार डा.उपाध्याय यसअघि पनि थुप्रै गीतहरू लेखिसकेका छन् ।
म्युजिक भिडियोमा सुनिश बजगाइँ, ईश्वर र डिआरको अभिनय रहेको छ । मुनाल शिशिर कोइरालाले निर्देशन गरेको म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् । भिडियोलाई जनता डिजिटल फिल्मस् प्रालिले उत्पादन गरिदिएको हो ।
https://www.youtube.com/watch?v=ln_L26e43j4&feature=youtu.be&fbclid=IwAR1LqcJv35lB5FAOnMG25yAE-AemhOh9dxy8M785nEL78NiAqELnrutrCTI















प्रतिक्रिया