शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

गाईको बथानमा अजंगको गोरु, देख्नेहरू छक्क परे

दैनिक नेपाल २०७५ मंसिर १६ गते ७:१९

अष्ट्रेलिया । अनौठो र अजंगको शरीर पनि जीवनको महत्वपूर्ण विषय बनिदिन्छ । तर यो प्रसंग मानव जीवनको भने होइन ।

अष्ट्रेलियाको एउटा गोरुले यस्तै अजंगको शरीरले गर्दा प्रकृतिले दिएको जीवन पूरै जीवन जिउन पाउने भएको छ । तीनहजार पाउण्ड तौल भएको निकर नाम गरेको गोरुले अभयदान प्राप्त गरेको छ । गाईगोरुको वथानमा अजंगको देखिने उसको शरीरले गर्दा उसका मालिकले बाँचेसम्म पाल्ने निधो गरेको बिबिसीले जनाएको छ ।

झण्डै डेढ टन तौलको यो गोरुको उचाई ६ फिट ४ इन्च छ । यसको उचाई र शरिरको आकारले गर्दा गाईगोरु बध गर्ने स्लटरहाउसमा अटाउँदैछ । जसले गर्दा अब यसले जीवनभरि बाँच्न पाउने भएको छ ।

सात वर्ष उमेरको यो निकर ठूलो भइकन पनि निकै सौम्य र शान्त छ । अष्ट्रेलियाका शहर पर्थबाट झण्डै ८५ माइल दक्षिणतर्फ रहेको लेक प्रिस्टनको घाँसे मैदानमा अब यसले बाँकी जीवन रैमट्ट गरेर बिताउनेछ ।

गत महिना बेच्नका लागि यसका मालिक गेफ पियर्सनले अक्सनमा राखेका थिए । मासुका लागि बेच्न राख्दा किन्न आउने मानिसले अजंगको शरिर देखेपछि मासु काट्ने मेसिनले सम्हाल्न नसक्ने भन्दै किन्न अस्वीकार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित