११ कार्तिक २०८३, बुधबार

यी दुई वाइडबडी विमान भाडामा लिएको खुलासा, यति ठूलो अनियमितता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र १८७८ का ए ३३०–२४३ पनि समावेश छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएको छ। उसले भने ‘आफ्नो’ भनिरहेको छ। बेचिसकेकालाई कसैले ‘मेरो’ भन्दैन। बेचेपछि सम्बन्धै सकिन्छ। तर, हाई फ्लाईको स्वामित्वमा रहेका जहाजको सूचीमा राखिनुले दुवै गम्भीर सन्देह खडा गराएको छ।

नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले केही दिनअघि नागरिक उड्डयन प्राधिकरणले दिएको दर्ता प्रमाणपत्र सार्वजनिक गरेका थिए। त्यसलाई हेरेर ‘स्वामित्व नेपाल एयरलाइन्सकै’ भन्ने धेरैलाई भ्रम प-यो। कतिले हतारिएर भने/लेखे पनि। तर, उनले सार्वजनिक गरेको प्रमाणपत्र आधा मात्र थियो। हस्ताक्षरभन्दा तलको भाग त्यसमा च्वाट्टै काटिएको थियो।

प्रमाणपत्रको पुछारमा ‘नोट’ लेखिएको छ, ‘यो प्रमाणपत्र दर्ता प्रक्रियाका लागि मात्र जारी गरिएको हो। यो स्वामित्व (टाइटल)को प्रमाणपत्र होइन। प्राधिकरणले व्यक्तिहरूबीचको स्वामित्वको अधिकार निर्धारण गर्दैन।’ प्रमाणपत्रमा ‘स्वामित्व हस्तान्तरण’ शीर्षक खाली राखिएको छ।