शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

अनैतिक सम्बन्धको ‘युनिफर्म’

विनोद ढकाल २०७५ मंसिर १३ गते ११:०२

तस्बिर स्रोत : इन्टरनेट

-विनोद ढकाल

०५९ सालको मध्यतिर तत्कालिन सरकार प्रमुख थिए पूर्वराजा ज्ञानेन्द्र शाह । पूर्वयुवराज पारस शाह सेनाको ठूलो सुरक्षा घेरामा वितण्डाको विगुल फुकिरहेका थिए । दरबारले त्यसैबेला ६ करोड बार्षिक बजेट बढाएर ६० करोड पुराएको थियो । शक्तिको आडम्बरमा गरिएको यस्तो निर्णय निको थिएन । नियुक्ति, सेनामा जागिर, सरकारी कार्यालयमा पहुँचका लागि कतिपय मान्छेहरू दरबार, पारसनजिकका साथीभाईको पाउ मोल्न पुग्थे । त्यसैले त्यस व्यवस्थालाई दासत्व, तानाशाही भनियो । मुलुकले मुहार फेर्ने अभिमतकै बहुमत पाउने अवस्थाले आन्दोलन भयो । लोकतन्त्र हुँदै गणतन्त्र स्थापित भयो । व्यवस्था परिवर्तनले मुलुकमा राजारजौटा र तिनका बिम्बहरू पनि नरहने विगुल फुकियो । भ्रष्टाचारशुन्य मुलुकको परिकल्पना गरियो । रोजगारीको आश देखाइयो । यी आश र सपनाका बाटामा नागरिकहरू अघि बढिरहे, सहीरहे, साथ दिइरहे ।

परिवर्तनको त्यो धुन आजको दिनसम्म आइपुग्दा अवस्था के रह्यो ? भ्रष्टाचार, अनियमितता, अनैतिकता यी सबै नेता, तिनका आफन्त र तिनका बिचौलियाले दाइजो जसरी बोकेर आए । ब्याजमा बोकेर आए । भ्रष्टाचारमा विश्वसमुदायमा देशले आज पाएको स्थान र चित्रले यसको पुष्टि गर्छ ।

मलाई त्यो धन चाहिँदैन जसका लागि कठोर यातना सहनुपरोस्, या सदाचारको त्याग गर्नुपरोस् अथवा शत्रुको चाप्लुसी गर्नुपरोस् । तर धनका लागि आफ्नो विचार र नैतिकताको विक्रिवितरण गर्ने राजनीतिक समाजबाट विकास र समृद्धिको आश गर्न सकिएला ? सदाचारी राजनीतिको परिकल्पना गर्न सकिएला ?

भ्रष्टाचार र अनियमितता ‘अनैतिक सम्बन्ध’को जड हो । यो जडको प्रवित्तिगत हिंसा निरन्तर चलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपना– समृद्ध नेपाल सुखी नेपालीको यात्रा कदाचित सफल हुन सक्नेछैन । उनकै वरिपरि उनका सपना तुहाउने झुन्डको सक्रियता बलियो छ । सपनाहरूको कार्यान्वयन त्यसबेला प्रभावी हुन सक्छन् जतिबेला अनियमतिता र शक्तिको दुरुपयोगशुन्य संयन्त्र र विचारले भरिपूर्ण समाजको निर्माण हुन्छ । त्यसमा नीति, नैतिकता र समुन्नत भविष्यको लोभका लागि काम गर्ने साहस हुन्छ ।

विनोद ढकाल, लेखक

चाणक्यले भनेका छन्– मलाई त्यो धन चाहिँदैन जसका लागि कठोर यातना सहनुपरोस्, या सदाचारको त्याग गर्नुपरोस् अथवा शत्रुको चाप्लुसी गर्नुपरोस् । तर धनका लागि आफ्नो विचार र नैतिकताको विक्रिवितरण गर्ने राजनीतिक समाजबाट विकास र समृद्धिको आश गर्न सकिएला ? सदाचारी राजनीतिको परिकल्पना गर्न सकिएला ? व्यक्तिगत स्वार्थमा रुमल्लिएको राजनीतिक व्यवस्था, त्यसका उपयोगकारीको संरक्षणका निम्ति खर्चिएको जनमतधारी शक्तिले परिवर्तन सम्भव गर्ला ? यावत् प्रश्नहरू छन् ।

जब अनैतिकताको जगमा उभिएका कथित नेता, प्रहरी अधिकारी र कर्मचारीहरूका बारेमा संकेत गर्दछु अनि परोक्ष रूपमा प्रतिक्रिया बुझ्ने प्रयास गरिन्छ । दासत्वको सीमा नाघेर केहीले मलाई सोध्छन्, घोच्छन् त्यसमा पनि नसके उत्तानो परेर सुत्छन् । भ्रष्टाचारी, अनैतिक कर्म गर्नेको प्रवित्तिको मेलले सम्बन्ध स्थापित गर्छ, त्यहाँ विचारको मतभेद त ‘युनिफर्म’ बनिदिन्छ । त्यो युनिफर्म बहुरंगी भए पनि त्यसको एउटा विशेषता हुन्छ– अनैतिक सम्बन्ध । यसलाई व्याख्या गर्ने पनि विविध पक्ष र आयामहरू छन्, व्यवाहारिक उदाहरणसहितका ।

भ्रष्टाचार कहाँ हुन्छ ? जहाँ दासत्वको सीमा अधिक हुन्छ । पद र प्रतिष्ठाका लागि कर्म र इमान भन्दा बढि शक्तिकेन्द्रको पाउ देख्ने प्रवित्तिगत समाज जीवित हुन्छ । जबसम्म सारमा सुन्दर समाजका निम्ति दास प्रवित्तिको अन्त्य हुँदैन समृद्ध समाज, समृद्ध मुलुकको परिकल्पना कागज, भाषणमा मात्र सीमित हुन्छ ।

भ्रष्टाचारसम्बन्धी अध्ययन गरिरहेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेन र नैतिक भ्रष्टाचारमा राजनीतिक दल र कार्यकर्ता सक्रिय रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुले पनि के पुष्टि गर्छ भने नीतिगत तहका व्यक्ति र प्रवित्तिमा सुधार आउने छैन । यसै पनि मुलुक दक्षिण एसीयामा तेस्रो भ्रष्ट भइसकेको छ । भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन् । १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार छन् । त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालय मालपोत, भूमिसुधार तथा नापी हुन् । यिनलाई अख्तियारले भ्रष्टाचारका लागि संवेदनशील कार्यालय भनेको छ । यी कार्यालयमा हुने काममध्ये ६५.५ प्रतिशतमा भ्रष्टाचार हुने पाइएको छ ।

कर्ममा भन्दा पद र प्रतिष्ठाका लागि धनुष्टंकार बन्ने प्रचलन नै दासत्वलाई अझ बढि प्रश्रय दिने आधार हो । नेपाली राजनीतिक दलका नेताले दासत्व मन पराउनुको कारण यहि हो । खासगरी केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवामा यो प्रवित्तिको रङ, बनोट र विचारको ‘युनिफर्म’ अहिलेसम्म समान नै देखिएको छ । चाहे पार्टीभित्रका जिम्मेबारीका कुरा हुन् वा सरकारी नियुक्ति । अथवा अन्य केही । मानौ उनीहरू आफ्ना राजनीतिक दललाई प्रालि ठान्छन् अनि आफुलाई त्यसको मालिक । यो चिन्तनबाट अहिलेको नेतृत्व गरिरहेको पुस्ता मुक्त नभएसम्म आउने पुस्ताले पनि यहि संस्कारलाई निरन्तरता दिनेछन् । त्यो बाटो र मार्ग अहिले पनि देखिइसकेको छ ।

एउटा वेश्यासँग राखेका सम्बन्ध अनैतिक भनिन्छ । एउटा परस्त्रीसँग जोडेको भावनाको सम्बन्धलाई अनैतिक भनिन्छ । त्यसमा संवेदना, भावना जोडिएको नैतिकता हुन्छ । इमान्दारीता हुन्छ । तर जहाँ संवेदनाहिन हिसाबले नाफामुखि कामका लागि विचारका विपरितसँग संगत र वैचारिक संसर्ग हुन्छ, ति चाहीँ अनैतिक सम्बन्धको युनिफर्मधारी हुन् ।

एड्सको प्राथमिक रोकथाम वा लाग्न नदिनका लागि कण्डोमको आविस्कार भयो तर भ्रष्टाचारीले त्यसको संक्रमण बढाउने भएकाले नै कुनै कण्डोम प्रयोग गर्दैनन् । यसको महामारीले केहीजन धनी हुन सक्छन् तर मुलुकको ठूलो हिसस्सा (नागरिक) गरिबीको यस्तो दलदलमा पर्छन् कि उठ्ने समय हुँदैन, आत्महत्या गर्नुको विकल्प हुँदैन

भ्रष्टाचारी र दुराचारी सदाचारसँग आत्तिन्छन् । आत्तिएका छन् । यसमा पनि चाणक्यको एउटा नीतिले प्रभावित बनाउँछ । काडाँ र दुश्नमसँग जोगिने तरिका छन् । काँडासँग जोगिन जुत्ता लगाउनुपर्छ र दुश्मन वा दुराचारीसँग जोगिनका लागि उसको हैसियत र लाजलाई जगसम्म पुराउनपर्छ जसका कारण टाउको उठाउन नसकुन् । त्यो कर्मले देखाउने परिणाम नै हो । यहि विचारमा आजको नागरिक हिँडेन भने पलायनवादी संस्कारबाट मुक्ति मिल्नेछैन ।

अनियमितता, भ्रष्टाचार अथवा नातावादी मुनाफाधारी विचार एचआइभी एड्स भन्दा भयानक ठूलो संक्रमण हो । यो संक्रमणबाट जोगिन र जोगाउनका लागि चरित्रमै परिवर्तनको खाँचो छ । एड्सको प्राथमिक रोकथाम वा लाग्न नदिनका लागि कण्डोमको आविस्कार भयो तर भ्रष्टाचारीले त्यसको संक्रमण बढाउने भएकाले नै कुनै कण्डोम प्रयोग गर्दैनन् । यसको महामारीले केहीजन धनी हुन सक्छन् तर मुलुकको ठूलो हिसस्सा (नागरिक) गरिबीको यस्तो दलदलमा पर्छन् कि उठ्ने समय हुँदैन, आत्महत्या गर्नुको विकल्प हुँदैन । जसरी भारतमा हज्जारौं किसानले आत्महत्या गरिरहेका छन् ।

यसबाट जोगिन र जोगाउनका लागि भ्रष्टाचार गर्नेलाई सदाचारी बनाउने होइन, त्यस्तालाई आफुले पाएको अधिकारले नेटो कटाउने हो, उठ्न नदिने हो । टाउको उठाउन नपाउने अवस्थाको परिकल्पना गर्ने हो । दासत्वमा निगुरमुन्टी बन्ने होइन, बरु सराप्ने हो– भ्रष्टाचारीलाई किरा परोस् भन्ने हो । ०६४ को संविधानसभाले संविधान नदिँदा एक जनाले सबै सांसदको श्राद्ध गर्दै हिँड्दा माननियले भनेका थिए– शीर्ष भनिएका नेताको कुकर्मको फलमा हाम्रो पनि श्राद्ध गरियो, जिउँदै यो के देख्नु परेको ! हो, त्यो नदेख्ने वातावरणका लागि आफ्ना क्षेत्रका राजनीतिक दललाई सचेत गराउनैपर्छ ।

प्रतिक्रिया
सम्बन्धित