१२ कार्तिक २०८३, बिहिबार

यी दुई नेता पार्टीको संयोजक बन्न नपाउने

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । वैशाखमा महाधिवेशन भए राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा अध्यक्ष मण्डलका सदस्यद्वय अनिलकुमार झा र राजकिशोर यादब अध्यक्ष मण्डलको संयोजक बन्नबाट बन्चित हुने भएका छन् ।

राजपाले आउदो वैशाखको ७, ८ र ९ गते एकताको प्रथम ऐतिहासिक महाधिवेशन गर्ने भएको छ । अध्यक्ष मण्डलका संस्थापक संयोजक महन्थ ठाकुरले चक्रीण प्रणाली नमानेका कारण उनीहरूको संयोजक बन्ने सम्भावना कमजोर बन्दै गएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

२०७४ वैशाख ७ गते ६ वटा पार्टी मिलेर राजपा बनेको थियो । ५ वटा पार्टीले एकताको निर्णय गरिसकेपछि अन्तिममा मात्र झा नेतृत्वको पार्टी समावेश भएको थियो । ठाकुर त्यो बेलादेखि मंसिर ४ गतेसम्म संयोजकको रुपमा रहेका थिए । पार्टी विधानको धारा १६ को उपधारा (५) मा चक्रीय प्रणालीमा अध्यक्ष चयन हुने व्यवस्था स्पष्ट भए पनि ठाकुरले संयोजक नछोड्दा समस्या उत्पन्न भएको थियो ।

मंसिर ४ गतेबाट राजेन्द्र महतो संयोजक बनेका थिए । महतोले २ महिनामा नेतृत्व हस्तान्तरण गरे त्यसपछि महिन्द्र राय यादब, शरतसिंह भण्डारी संयोजक भएका थिए ।

वैशाखमा भण्डारीको संयोजक हुने पालो आउने भएको छ । महाधिवेशन समयमै नभए अन्तिममा आएर झा र यादब संयोजक बन्ने छन् । राजपाले २०७४ असार २३ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निबेदन दिएको थियो । आयोगले असार ३० गते मात्र दल दर्ताको आधिकारिकता दिएको थियो । त्यसो हुँदा असार ३० गतेसम्म आयोगमा नयाँ समितिको नाम बुझाए फरक नपर्ने भएको छ ।