१ कार्तिक २०८३, शनिबार

ब्रेक्जिट सम्झौताको शर्त इयूबाट अनुमोदन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम, ९ मङ्सिर । यूरोपेली यूनियन (इयू)मा आवद्ध २७ सदस्य राष्ट्रहरूले बेलायतसँग हुने ऐतिहासिक ब्रेक्जिट सम्झौताका शर्तलाई ब्रसेल्समा भएको विशेष सम्मेलनबाट आइतबार अनुमोदन गरेका छन् ।

इयूका २७ सदस्य राष्ट्रले इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौतासम्बन्धी सहमति तथा ब्रेक्जिटपछिको इयू र बेलायतबीचको सम्बन्धबारेमा भएको राजनीतिक घोषणालाई अनुमोदन गरेका छन्, इयू काउन्सिल प्रमुख डोनाल्ड टस्कले ट्वीटर सन्देशमार्फत जानकारी गराएका छन् ।

औपचारिक निष्कर्षमा “इयू नेताहरूको परिषद्ले बेलायत र उत्तरी आयरल्याण्डलाई यूरोपियन एटोमिक इनर्जी कम्युनिटी र इयूबाट फिर्ता गर्ने सहमतिलाई अनुमोदन गरेको बताइएको छ ।”

ब्रेक्जिटलाई सन् २०१९ मार्च ३० देखि कार्यान्वयनमा लान आवश्यक कदम लिन परिषद्ले इयूका सम्पूर्ण संघसंस्थालाई छलफलका लागि बोलाएको छ । बेलायत मार्च २९ मा नै इयूबाट बाहिरिने छ ।

सहमतिले बेलायत र इयूको भबिष्यमा हुने सम्बन्धका बारेमा हुने राजनीतिक घोषणाबारेमा औपचारिक स्वीकृति दिनेछ । सहमतिले व्यापार, सुरक्षा र वातावरण संरक्षणका बिषयसमेतलाई समेट्नेछ ।

यूरोपेली परिषद्ले भनेको छ, “इयूले घोषणा अनुसार सम्भव भएसम्म बेलायतसँग निकटमा रहेर काम गर्न दृढसङ्कल्प देखाएको छ ।”

परिषद्का नेताहरूले इयूको तर्फबाट प्रमुख वार्ताकार मिसेल बार्नियरलाई सहमति निर्माण गर्न गरेको अनवरत प्रयासका लागि आभार व्यक्त गरेको छ । –एजेन्सी