बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

महाकविबाट पोखिएको प्रेम सुधारस

डिल्ली राम अंमाई २०७५ मंसिर ९ गते ८:०१

डिल्ली राम अंमाई

प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक सहचर्या , प्रकृतिप्रतिको लगाब र प्रेमलाई महाकबिले मानव र प्रकृतिको मधुर मिलन,सम्मोहन र अपरिहार्यताको महत्वबोध अनुभब भएकोले सकुन्तला महाकाव्य लेखेको हुनुपर्दछ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित सर्वप्रथम मौलिक प्रेम छटाले भरिएको महाकाव्य हो । महर्शी विश्वामित्र र अप्सरा मेनकाको प्रेम प्रतिमुर्ती शिशु कन्या शकुन्तला बाबुआमाको तात्कालिक बाध्यताबिच मालिनी नदी सन्निकट घना जङलमा अनायास त्यागिन वाध्य भइन् । यहिबाट शाकुन्तल महाकाब्यको कारुणिक कथाले पाठकहरुलाई नयाँ प्रेम्र रुपी करुणामय गंगा जलमा स्नान गराउन थाल्दछ ।

प्रेम मानसिक चाह र हृदय स्पर्शका बीच पनि अनपेक्षित बाध्यता बिच टुक्राटुक्रा भएर अतृप्त छटपटावटको तुफानमा परेर शुष्क भुमिमा पोखिन्छ । विश्वामित्र जसले घमण्ड र महत्वकांक्षा रुपि त्रिशंकुलाई अहमताको नयाँ स्वर्ग स्थापना गरिदिने आस्वाशन सहित प्रेम बिहिन तपस्यामा आशन कस्छन । आँफु स्वर्गबाट प्रतिस्थापन हुने भयले विश्वामित्रको तपस्यालाई असफल बनाउन प्रेमको पाशो सहित मेनकाको पदार्पण हुन्छ । नियोजित प्रेम क्रमश बास्तविक रुपमा प्रकट हुन थाल्दछ । प्रेमले नयाँ कथाको आँफै सृजना गर्दै लैजान्छ । अतस् त्यही नियोजितबाट क्रमशस् बास्तविक् रुपमा प्रकट भएको प्रेमले आफ्ना निर्धारित बाध्यताहरुको सिमा भत्काउदै नयाँ गन्तब्यतिरको पहिलो पाइला थियो काब्यकी प्रमुख पात्र शकुन्तलाको जन्म ।

मेनका र विश्वामित्रबिच चलेको रुपान्तरित प्रेमको क्रम्भङ्गता पछी उनिहरुकी सुपुत्री शकुन्तलाले युबराज दुश्यन्तसँगको प्रेमलाई सफल बनाएर बाबु आमाको अधुरो प्रेमलाई निश्छलताले स्नान गराउदै पवित्रताको परीभाषा भित्र समेटिदिइन । उनकै प्रेमदशा भित्र बिचरण गर्दागर्दै अमरत्व प्राप्त गर्न सफल भएको महाकाब्य हो सकुन्तला महाकाब्य । सकुन्तला महाकाब्य भित्र बिचरीत लैङ्गिक कामुकताहरु कतै कतै देखा पर्न खोजे पनि निश्कृय हुन्छन । निर्मल नदीको जसरी समुन्द्रमा समाहित हुनको लागि आतुरता हुन्छ त्यस्तै आतुरता सकुन्तला र दुश्यन्तको प्रेमप्रबाहमा पनि छ तर उनीहरुको प्रेम बीच कुटिल चाल र छलहरु छैनन ।

कुनै योजना र मध्यस्थता बिना स्वतस्फुर्त रुपमा प्रेम बगिरहन्छ । त्यसमा एउटा आवाज छ, नदी र समुन्द्र समागमको आवाज, ब्रमान्डिय पारिचक्रको आवाज, र धर्ती अपचलनको सौम्य, सभ्य र परम आनन्दित सांगितिक स्रिङ्गारिक रसले भिजेको आवाज । मनको मनसँग र मस्तिस्कको मस्तिस्कसँग जोडीएको प्रेमको तार छ । जुन कहिल्यै चुदिदैन, टुट्दैन । आवाज आवाज भित्रभित्रै एक फल प्रेमको रुपमा पाकेर प्राकृतिक रुपमा प्रकट हुन्छ सकुन्तला महाकाब्यमा। शास्त्रीय छन्दमा कविताको रचना हुनु, कथानक पौराणिक हुनु, शृङ्गार रस प्रधान हुनु, नायक प्रतापी क्षत्रीय राजा दुष्यन्त धीरोदात्त नभएपनि धीरललित प्रकृतिको हुनु, नायिका शकुन्तला स्वकीया मुग्धा हुनु यो महाकाब्यका बिशेषता हुन्। त्यसैगरी समुद्र, वन, ऋतुहरू, साँझ, बिहान, सूर्य, चन्द्र, शिकार आदिको वर्णनमा पनि प्राचीन परंपरा छाडिएको छैन ।पद्मपुराण तथा महाभारतको आदि पर्वबाट कथाबस्तु लिएर रचित कालिदासको नाटक अभिज्ञान साकुन्तलमको प्रेरणाबाट यो काब्य रचिएको मानिन्छ।

ॠषि कन्वले नियतिबाट पाएको अंकुरित बतिलोलाई राजर्शि ॠषि विश्वामित्र र मेनकाको उपहार साथै कर्तब्यको निर्देशन सम्झी आफ्नो कुटिमा लिएर आउछन । ुशकुन्तु चराहरुको चौघेरा र सिशुको चिच्याहटलाई उनले बिधी निर्माताको निर्देशन सम्झिन्छन । जल स्नानबाट फर्किंदै गरेका महामुनी कन्व प्राकृतिक नियम र ब्रम्हज्ञान भएका ॠषि हुन । उनले ॠषिकी बहिनी गौतमी र ज्वाँई सतानन्दको आश्रममा राख्न नहुने सुझावका बीच पनि सकुन्तलालाई आमा बाबु दुबैको बात्सल्य दिएर आँफैसँग राख्छन । कुन जातको बच्चा होु भनेर परिचर्चा चल्दा आफ्ना चेलाहरुलाई कुनै पनी ब्रम्हज्ञानिले जातको कुरा गर्नु संकिर्णताको पराकास्टा होभन्दै ॠकबेदमा मनुर्भव स् भनेको कुरालाई मनन गर्न सल्लाह दिन्छन ।

त्यहाँ रक्त संबन्ध भन्दा माथिको समस् भावमा स्नेह रुपी प्रेम गंगा छचल्किएको छ । कन्वमा त्यस्तो कुनै क्षण रहेन जसमा बात्सल्यको कमी भएको होस् । त्यहाँ केवल स्त्री पुरुषको मात्र एकतर्फी माया छैन त्यहाँ त बात्सल्य छचल्किएको छ, प्रक्रिती प्रतिको सुरक्षा भाव र प्रेम हावा सँगै बहेको छ, जिव जन्तु, लता, वृक्ष र चराचर जगत प्रती समान सम्मान र कर्तब्य सहितको प्रेम छ । ब्रह्मज्ञानी मानव केवल मानव हितको मात्र प्रयाय बनेर रहन सक्दैन । मानव ब्रह्माण्डका सबै सृजनालाई समान ममता बाँडेर बस्नको लागि सृजित भएको हो । मानबको कर्तब्य र सृजकको चाह पनि यही उद्येस्यबाट प्रेरित छ भनेर दिब्य प्रेमसँग यो काब्यका हरेक स्तम्भहरु एकैसाथ उभ्याइएका छन । यसरी प्रेम्ररुपी बिशाल जेलोभित्र मुख्य रस सृंगार रसको साथै बिभिन्न रसले सिगारिएको छ सकुन्तला महाकाब्य ।

एक फुल केवल सुन्दरता र किट भोजनको लागि सृस्‍टि गरिएको अबोध प्राण । शकुन्तलाबाट बोलाइएको छ, यसलाई पनि दुख्छ, नछोउ र बिना उद्यस्य प्राण नलेउ, बोटबाट अलग्गिएको उत्सर्गिक फुलमात्र आफ्नो उद्यस्यको लागि प्रयोग गर, कसैको प्राण संकटमा पार्ने वा जिव जगतको इश्वरिय सार्बभौम स्वतन्त्रतालाई भङ्ग गर्ने तथा निमोठ्ने कसैको अधिकार छैन । त्यसको सुरक्षा गर्ने र सौन्दर्यताको आनन्दबाट स्नान गर्ने बिधाताबाट दिइएको आदेश हो । त्यो प्रेम तपोबनको एक हिरणसँगको वार्तालाप सकुन्तलाले खुबै निस्पाप तरिकाले बगाएकी छन । प्रेमयोगी करणुको जस्तो फलको आशा नगरिएको मित्रवत प्रेम, ॠषि कन्वुको जस्तो बात्सल्यता र सकुन्तलाका आश्रममा रहेका अन्य सखीहरुको जस्तो निस्वार्थ प्रेम काव्यका शुन्दर कला हुन् ।

प्रेम तपस्या हो जसले सधैं पारीजात फुलले जस्तै सुगन्ध दिइ रहन्छ, तर त्यसमा कुनै स्वार्थ,बिकार र मैलो भावनाको लेश पनि हुनुहुदैन । प्रेम भबिश्यको आशामा नदीको पानी जस्तै बगिरहन्छ । प्रेमले किनारा बिहिन समुन्द्रका तरङ्ग र छालहरु जस्तै सबै जगतलाई आँफुमा समाहित गर्न सक्दछ । दुश्यन्तले जस्तै सर्वस्व त्यागेर पनि प्रेमको उपासना र अधिनताले मनमा आनन्दको बर्षा गरिरहन्छ ।काव्यको सारका केहि अंशहरुहुन यी। यिनै सौन्दर्यका सारहरुले सकुन्तला र दुश्यन्तको प्रेम काहानी भएको महाकाब्यले पुन मुनामदनमा आफ्नो कला जन्मायो । सकुन्तलको एक हरफ वाक्य मनुर्भबसले मुनामदनमा ुक्षेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस ठुलो दिलले हुन्छ जातले हुँदैनु , भनेर प्रेमको सिमा रहित बिशाल दर्शनलाई सौन्दर्य र कालाले सुसोभित गर्न पुग्यो। नछुनु त्यो कोपिला छोएमा पाप लाग्दछ भनेर सुनको बिहानिमा महाकबिले पस्केको तपोवाक्य अभिज्ञान शाकुन्तलम कै महाकबिमा परेको प्रभाब मान्न सकिन्छ ।

महाकाव्यमा सकुन्तलाले दुस्यन्तलाई सम्झाउदै भनेकी छन, यो फुलमा पनि प्राण छ त्यसैले अबोध लतालाई दुस्ख दियर फुल नटिप, झरेको फुल मात्र प्रयोग गर । त्यही बाक्यांशबाट महाकबिले ुसुनको बिहानीु भन्ने कृति जन्माउन पुगे । शाकुन्तल महाकाब्यमा विश्वामित्र महातपस्वी हुँदाहुँदै पनि मेनकाको लक्ष प्राप्ती र उद्येस्यभित्र समेटिएको प्रेमलाई शुरुमा सिमा रहित रुपमा ग्रहण गरे । कर्तब्य र प्रेम भन्दा बाहिर ज्ञान र मुक्ती सम्भव छैन भन्ने विश्वासमा पुगेर पनि एक बर्ष पछी कुरुचिको निस्कृष्टतालाई मेनकाले चिर्न सकिनन । ब्रम्हज्ञानको खोजिमा निर्जन जंगल बिच भौतारीइ रहेका अतृप्त प्रेमाभिलासी विश्वामित्र पासा स्वरुप फ्याकिएको ईन्द्रजाल रुपी मेनकामा निर्लिप्त बने । ईन्द्रको तपस्या भङ्ग गराउने चालको भेद मेनकाले दिएपछी आफ्नो प्रेमपौधा जङगलको बिचमा छाडेर मेनका ईन्द्र लोक र विश्वामित्र तपस्याको लागि हिमालयतर्फ लागे । प्रेमको मुना निस्सहाय बनाइएर भुमिमा फालियो, त्यो पनि बिना नाम र बिना परिचय ।

टिका बाटिकामा गगन भेद्ने शाकुन्त चराहरुले सृष्टिको प्रकाश ,असभ्य प्रेमले टुक्रा टुक्रा बनाइएको मेनका र विश्वामित्रको प्रेमको चिनागारीलाई पुन जोड्ने काममा सघाए । त्यसले के बुझाउँछ भने यो सृष्टि भित्र बगिरहेको प्रेमहुरी एक जात, एक समाज र एकाङ्गी सहयोगले हुर्कन सक्दैन । धर्तिका हरेक चिज वा प्राणी एक आपसमा अन्तर घुलित र सम्बन्धित छन । प्रेम आस्था हो, प्रेम दाशता हैन, यो स्वतन्त्र रुपले हुर्कन पाउनु पर्छ । यसले प्रकृतिको पूर्ण रचनामा साक्षात्कार हुन पाउनु पर्छ । मानव मानवबाट मात्र बिजित र जिवित हुन सक्दैन । पुरु पुत्र दुस्यन्त सकुन्तलाको प्रेम बिना अर्धमृत हुँदा पनि र आफ्नो मानसिक सन्तुलनलाई गुमाउँदा पनि प्रेमरुपी विश्वाशले बँचायो । प्रेमको महासागरमा रमण गर्ने चाहनाले उनलाई पुनर्जीवन दियो ।

त्यसैले भन्नै पर्छ धन्य हौ लक्ष्मी तिमी, ब्रम्ह स्वरुप सकुन्तला ज्ञानसागरभित्र केवल यौबनको प्रेमालाप मात्र देखेनौ । तिम्रो अथाह प्रेम सागरमा फुल बोटबाट अलग गर्दा पनि तिमीलाई दुख्यो, मनको आनन्द भङ्ग भयो, प्रेम रोयो, साथी अनुशुया, करनहरुसँग अलग हुँदा पनि प्रेम बिक्षिप्त बन्यो, बन सुन्दरी हिरणलाई बाण दागिँदा उसलाई तिम्रो प्रेमले बचायो, आस्थामा कहिल्यै बिचलन आएन, पालक कन्व प्रतिको सम्मान तिम्रै प्रेमको जलपले चम्काइ रह्यो । बंशको उज्यालोले नामाकरण सहित् जन्म लियो सकुन्तला र दुस्यन्त पुत्र भरतको रुपमा । मानवता रुपी सन्ततिको रुपमा भुमिले प्रेमको अर्को नाम पायो भारतबर्ष आदिपर्व,पद्म पुराण र न्यायको मार्गमा प्रेम ब्रम्हज्ञानको साक्षातकार भयो महाभारत गीता ।

यसै सन्दर्भमा महाकबी कालिदासको यो भनाइबाट पनि अभीज्ञान शाकुन्तलम नाट्यकाब्यको काब्यरस र कथाबस्तुबारे कल्पना गर्न सकिन्छ,

काव्येषु नाटकं रम्यं तत्र रम्या शकुन्तला

तत्रापि च चतुर्थोऽङ्कस्तत्र श्लोकचतुष्टयम्

धन्य, महाकबी तिमीले साकुन्तल महाकाब्य मार्फत चराचरलाई सिकाइ दियौ (तपस्या प्रेम बिनाको अहंकारमा बाँच्न सक्दैन । विश्वामित्रको कस्यप ॠषि बिरुध्दको अहंकार र दम्भलाई मेनकाको प्रेमले रुझाए पछी उनमा सिमा रहित प्रेम जन्माइ दिन्छ,त्यो झाङ्गिदै जान्छ,र विक्षिप्त भएर ब्रह्मज्ञानको महातपबाट प्रेमसागरमा समाहित हुन्छ । प्रेमको अगाडी दुर्वाषाका श्रापहरुपनि फिका भएर भाग्छन वा आँफै प्रेमिल तापले पग्लिएर सकिन्छन। सकुन्तला(दुस्यन्त वा मुना मदन भित्रको सत्यम शिवम सुन्दरमु अर्थात ज्ञान,कर्तब्य र प्रेम अनन्तसम्म सुगन्धित भै रहने छ । भारतीय उपमहाद्वीपका महान कबि कालिदासद्वारा रचित विश्वविख्यात नाटकुअभीज्ञान शाकुन्तलममा जुन दिब्य प्रेमको बिराट आकाशलाई देखाइएको छ,किन्चित त्यसभित्र निहित निर्मल प्रेमज्ञान तरङ्गहरुलाई महाकबी लक्ष्मी प्रसाद देबकोटाले शाकुन्तल माहाकाब्यमा देखाउन सफल भएका छन ।

प्रतिक्रिया
सम्बन्धित