१ कार्तिक २०८३, शनिबार

हुवावे कम्पनीका सामान प्रयोग नगर्न निर्देशन, सुरक्षाको खतरा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन, ९ मंसिर । अमेरिकाले आफूसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई हुवावे कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न अमेरिकाले आग्रह गरेको छ ।

साइबर सुरक्षाको खतरा देखाउँदै वायरलेस तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई अमेरिकासँग सहकार्य गर्दै आएका युरोपेली तथा एशियाली मुलुकहरूलाई चिनियाँ दूरसञ्चार कम्पनी हुवावेद्वारा प्रवाह गरिने सेवा नलिन आग्रह गरिएको छ ।

कम्पनी कुनै सामग्री पनि प्रयोग नगर्न आग्रह गरेको वाल स्ट्रिट जर्नलमा शुक्रबार उल्लेख छ । हुवावेका सामान बढी प्रयोग हुने जर्मनी, इटाली र जापानजस्ता अमेरिका निकट मानिने राष्ट्रहरूका खासगरी सरकारी अधिकारीहरूलाई लक्षित गरी अभियान चलाइएको उक्त पत्रिकामा उल्लेख छ ।

अमेरिकाले चिनियाँ कम्पनीमा निर्मित सामान प्रयोग नगर्ने मुलुकलाई उनीहरूको दूरसञ्चार विकासका लागि थप आर्थिक सहयोग गर्ने पनि उल्लेख छ ।

विश्वको सबैभन्दा धेरै दूरसञ्चारका सामग्री उत्पादन गर्ने तथा सेवा प्रदानगर्ने मध्ये एक हुवावेमाथि अमेरिका तथा अस्ट्रेलियाजस्ता केही मुलुकमा उक्त कम्पनीको चीनसँगको निकट सम्बन्धका कारण सूक्ष्म अनुसन्धान पनि भइरहेको बताउने गरिएको छ ।

चिनियाँ गुप्तचर निकायसँग हुवेईको आबद्धता रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । अमेरिकाले सुरक्षा खतराबारे आफूमाथि लगाएको आरोपको हुवावेले खण्डन गरेको छ । एजेन्सी