मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

ओलीको समृद्धिका सपना र मस्तराम सारथीहरु

वि.वि. श्रेष्ठ २०७५ मंसिर ८ गते १४:५१

-वि.वि. श्रेष्ठ
काठमाडौं । नौ–नौ महिनामा नै सरकार परिवर्तन हुने नेपालको सन्दर्भमा संघिय गणतन्त्रको निर्वाचन पाश्चात गठन भएको सरकार नौ महिनामा प्रवेश गरेको छ । सरकारको काम कारवाहीमा नेपाली जनताले प्रश्न चिन्ह उठाउदै आएको वेला सरकारको नेतृत्व गरेको केपी शर्मा ओलीले मन्त्रीहरुसँग पटक पटक स्पष्टिकरण लिएता पनि त्यसले परिणाम दिन सकेको छैन ।

हिजोको सरकार सधैं कुर्सी जोगाउन नै अभ्यस्त बनिरहँदा देश विकास र नेपाल निर्माण हुन नसकेको सन्दर्भमा ओली सरकारको पाँच वर्षे सरकार निर्माण पश्चात देश विकास र समृद्धि हुने आशा गरेका थिए । तर ओली सरकारको एक्लो प्रयास फगत असफल मात्र बनिरहेको छ । देश विकास र समृद्धि हुनका लागि सम्पूर्ण शरिर नै चलाएमान बन्नुपर्दछ, टाउको मात्र चलेर हँुदैन । अहिलेको ओली सरकारको अवस्था पनि यहि हो ।

लेखक

टाउको मात्र चलिरहेको छ भने हातखुट्टा निस्क्रिय बनेका छन् । लाग्दछ, यहि अवस्थामा रहिरहने हो भने यो सरकार पनि दुईतिहाईको गहुङ्गो भारीले किचेर उठ्नै नसक्ने गरि थला पर्नेछ ।

हिजोको अस्थिर सरकारका मन्त्रीहरु झै उद्घाटन र भाषणभन्दा माथि उठ्न नसकेका मन्त्रीहरु आफनो भुमिका जिम्मेवारी के भन्ने कुरामा गम्भिर बन्न सकेनन् । मन्त्री पद पजेरोमा झन्डा हालेर घुम्न र विदेश सयरका लागि हो भन्ने मानसिकतामा जकडिएको मन्त्रीहरु त्यसभन्दा माथिल्लो घेरामा उक्लन सक्दैनन, अथवा भनौं भने उक्लने क्षमता राख्दैनन् ।

मन्त्री बनेर अकूत सम्पति थुपार्ने, ऐस आरामको जीवन जिउने अभिष्ट पालेका मन्त्रीहरु ओलीका सारथी कदापी बन्न सक्दैनन् । आफ्नो असक्षमता लुकाउन, प्रशासन, कर्मचारीतन्त्र, ऐन नियम मात्र देखाएर काम नगर्ने प्रवृृत्ति अब स्वीकार्य हुँदैन भन्ने सामान्य हेक्कासमेत नराखेका मन्त्रीहरु सरकारका लागि घातक सिद्ध हुँदैछन् ।

प्रधानमन्त्री ओली आफैमा नेपालको राजनीतिमा चम्किलो नक्षत्र हुन् । जुन विगत र ईतिहासले पुष्टि गरिसकेका छन् । तर ओलीको त्यतिमात्र भुमिकाले जिम्मेवारी सकिएको छैन । देश निर्माण गर्ने, सुखी नेपाली, समृद्ध नेपालको त्यो सपनालाई पूरा गर्ने अभिभारा पनि प्रधानमन्त्री ओलीको नै हो । यो वा त्यो वहानावाट भाग्ने अथवा पन्छने अधिकार ओलीलाई छैन ।

जुन ओली सरकारका मन्त्रीहरुमा प्रष्ट देखिदैछ । जुन प्रवृत्ति ओली सरकारका लागि मुख्य तगारो बन्दैछन् । तराई मधेशलाई भजाएर पटक पटक सत्ताको चास्नी चाख्न पुगेको उपप्रधानमन्त्री उपेन्द्र यादव उपप्रधानमन्त्री बनेदेखि नै विदेश भ्रमणमा रमाईरहेका छन् । सत्ता वाहिर रहँदा चर्को मधेशको नारा ओकाल्ने यादवको विदेश मोहले आम मधेशी र उत्पिडन जातिका लागि के सकारात्मक भुमिका वहन गर्ला ?

जनताका मुक्ति र अधिकारका नारा ओकल्ने अन्य मन्त्रीहरुको हैसियत र हविगत पनि फरक छैन । समान्य भन्दा समान्य कार्यक्रम होस वा उद्घाटनमा सयौ गाडी पिछुवा बनाएर झण्डा हल्लाउदै रवाफ देखाउने सोच हालको मन्त्रीमा पनि अछुतो रहेन । सत्ता, शक्ति र स्वार्थमा केन्द्रित राजनीतिको उपज नै यहि हो ।

योग्यता, क्षमता, कार्यकुशलता र ईच्छाशक्ति विनाको मानिस समान्य सृष्टिका निरन्तरता शिवाय केहि हुन सक्दैन । अहिले ओली सरकारका सारथी हरु पनि यहि हो । जुन मन्त्रीको निरन्तरता मात्र हुन, अन्य केहि हुदैन । जसलाई शक्ति र सत्ताको उन्माद वाहेक अन्य केहि छैन ।

राजनीतिको नाम भजाएर गरिएको लाजनीतिले व्यक्तिको स्वार्थ बाहेक अन्य केहि परिणाम दिँदैन । राजनीतिको यथेष्ठ परिभाषा समेत नबुझेका नेता तथा मन्त्रीहरुले देश र जनताप्रति कसरी उत्तरदायी बन्न सक्दछन् ? स्पष्ट दृष्टिकोण र पदीय जिम्मेवारी बोझ नभएका मन्त्री र नेता नामका आउरे वाउरेहरु ओलीका सारथी बन्न सक्दैन ।

प्रधानमन्त्री ओलीले त्यस्ता धमिराहरुलाई वेलामा नै हटाउनुपर्दछ । यस्ता प्रवृत्तिलाई ओलीले चिर्न सकेर अगाडी वढेमा जनतामा वढेको सरकारप्रतिको नैराश्यता केहि कम होला नभए, जुन जोगी आएता पनि कानै चिरेको भनेझै हुनेमा कुनै शंका छैन ।

सुखी नेपाली समृद्ध नेपालका नारा दिएर जनताको मन दिएको ओली सरकार निर्वाचन पछि पाएको जनमतलाई कदर गर्छ कि गर्देन भन्ने व्यग्र प्रतिक्षाका साथ आम नेपाली जनताहरु नियालिरहेका छन् । हिजोको त्यो घिनलाग्दो राजनिती को नाममा खेलिएको खेल भन्दा पृथक र फरक हुन सकेन भने सृखी नेपाली समृद्ध नेपालको नाराले मात्र ओली सरकारले खोलो तर्न सक्दैन । ओली आफैंमा बहुआयामिक, दूरगामी, निडर, स्पष्टवक्ता भएका नेता हुन्, यसमा कुनै शंका छैन तर ओली एक्लैको यो तेजले जनताको आशा भरोसालाई थेग्न सक्दैन । यसका लागि परिणाम चाहिन्छ । जुन अहिलेसम्म देखिएको छैन ।

राजनीतिको यथेष्ठ परिभाषासमेत नबुझेका नेता तथा मन्त्रीहरुले देश र जनताप्रति कसरी उत्तरदायी बन्न सक्दछन् ? स्पष्ट दृष्टिकोण र पदीय जिम्मेवारी बोझ नभएका मन्त्री र नेता नामका आउरे वाउरेहरु ओलीका सारथी बन्न कदापि सक्दैनन् । प्रधानमन्त्री ओलीले त्यस्ता धमिराहारुलाई वेलामा नै हटाउनुपर्दछ । यस्ता प्रवृत्तिलाई ओलीले चिर्न सकेर अगाडी वढेमा जनतामा वढेको सरकार प्रतिको नैराश्यता केहि कम होला नभए, जुन जोगी आएता पनि कानै चिरेको भनेझै हुनेमा कुनै शंका छैन ।

पास्नी होस् वा व्रतवन्ध, धारा होस् वा भवन उद्घाटनमा मन्त्रीको लावालस्कर देख्दा लाग्दछ, कस्तो सरकार र मन्त्रीलाई चुनावमा विजयी गराईएछ । भाषणमा मात्र अभ्यस्त हुने तर व्यवहारिक कार्यन्वयनमा शुन्य । यहि रवैयाले आम जनतामा नैराश्यता छाएको माहोलको कसले विश्लेषण गर्ने ?

दुईतिहाईको दम्भले मात्र देश विकास र जनता सुखी हुन सक्दैन भन्ने समान्य हेक्का समेत नराख्ने हो भने यहि दुईतिहाईको वेगले त्यसरी नै नाङ्गिन धेरै समय लाग्ने छैन । जस्ताका पनि भाषण , भाषणले मात्र विकास र समृद्ध हुने हो भने किन चाहियो नेता र मन्त्री, आम जनताहरु नेता र मन्त्री भन्दा पनि भाषणमा अव्वल वनिसकेका छन् भन्ने वुझन ढिलाई गर्नु हुँदैन ।

ईतिहासमा नै यति धेरै सुविधासम्पन्न र शक्तिशाली सरकार बनेको वेलामा पनि आफनो जिम्मेवारी र भुमिका चिन्न नसक्ने मन्त्री र नेताहरुलाई अब आम जनताले सहन सक्ने छैनन् । देश र जनताको विकास र समृद्धि अहिलेको आम चाहना हो । कुनै व्यक्ति विशेषलाई जनताले तिरको करको धज्जी उडाउनका लागि होईन । ओली आफैमा स्पष्ट छन् । तर उहाँका कारिन्दाले त्यो भिजनलाई कार्यन्वयनमा समस्या बनिदियो । जुन ओलीराजको वेलामा नै चिर्नु आवश्यक हुन आउँछ ।

जनता ओली सरकारको विकास र समृद्ध नेपाल निर्माणमा हातेमालो गर्न आतुर छन् । यो जनताको जोश र जाँगरलाई सँगै लिएर हिड्ने तत्परता ओली सरकारले देखायो भने यो सरकार फेरि पछाडी फर्कनु पर्ने छैन । जनताको मत र आकांक्षालाई बेवास्ता गरेर सिमित घेरामा मात्रै रुघेर समृद्ध नेपालको नाराले ओलीलाई झोली वोकेर वनवास शिवाय कतै पुरयाउदैन ।

जुन ओलीको सारथीहरु त्यहि झोलीका लागि मरिहत्ते गरिरहेका छन् । जनता के चाहन्छन भन्ने नै ओली सरकारको एकमात्र अभिष्ट हुनुपर्दछ, न की मन्त्री र नेता !

प्रधानमन्त्री ओली आफैंमा नेपालको राजनीतिमा चम्किलो नक्षत्र हुन् । जुन विगत र ईतिहासले पुष्टि गरिसकेका छन् । तर ओलीको त्यतिमात्र भुमिकाले जिम्मेवारी सकिएको छैन । देश निर्माण गर्ने, सुखी नेपाली, समृद्ध नेपालको त्यो सपनालाई पुरा गर्ने अभिभारा पनि प्रधानमन्त्री ओलीको नै हो ।

यो वा त्यो वाहानाबाट भाग्ने अथवा पन्छने अधिकार ओलीलाई छैन । किनकी ओलीले आम नेपाली जनतालाई धेरै सपना देखाएका छन्, त्यो देखाएको सपना पुरा गर्ने जिम्मेवारी र कर्तव्य पनि ओलीको नै हो । त्यहि ओलीको सपनाले देश र नेपाली जनतालाई साच्चै नै विकास र समृद्धिको चुचुरोमा पुरयाउनेछन् । जनतामा देखिएको त्यो समृद्धिको सपनालाई कुल्चने चेष्टा ओलीले अवश्य गर्नेछैनन् ।

प्रतिक्रिया
सम्बन्धित