११ कार्तिक २०८३, बुधबार

पौडेल देउवासँग मिल्न सक्लान् ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । नेता रामचन्दै पौडेल उमेरमा देउवाभन्दा पनि जेठा छन् । उनले अहिलेसम्म देशको प्रधानमन्त्री हुने र कांग्रेसको ‘फस्र्ट म्यान’ हुने अवसर पाएका छैनन् ।

१३औँ महाधिवेशनको मुखैमा सुशील कोइरालाको निधन भएपछि पौडेलले सभापतिका देउवासँग लड्ने अवसर त पाए, तर दोस्रो चरणसम्म पुगेको निर्वाचनमा सिटौला पक्षले देउवालाई समर्थन गर्दा उनी पराजित हुन पुगे । पौडेल अहिले ७४ वर्षका भइसकेका छन् । अर्को महाधिवेशनसम्म उनी ७७ वर्ष पुग्नेछन् । यसकारण उनलाई सभापतिमा उठ्न अबको महाधिवेशन अन्तिम हुनेछ ।

कोइरालाहरू नै अघि सर्दा पौडेलसामु समर्थन गरेर जाने, जति भोट आए पनि सभापतिमा भिड्ने वा देउवासँग मिलेर आफ्नो शक्ति देखाउने विकल्प मात्र हुनेछ । जसरी पनि एकपटक पार्टी सभापति हुने आकांक्षा पूरा गर्न पौडेललाई कोइराला परिवारकै धापको जरुरी पर्ने देखिन्छ, कोइरालाहरूले एकपटक मौका दिए । तर, फेरि दिँदा उनले देउवालाई पराजित गर्न नसक्ने बुझाइ उनीहरूको छ ।

यसर्थ, कोइरालाहरू साथ छाडेर अघि बढ्दा नेता कार्यकर्ताको सद्भाव भएका, तर संगठनमा पकड नभएका पौडेलसामु देउवासँग मिल्नुको अर्को राम्रो विकल्प हुनेछैन । कोइरालाहरूले पौडेललाई साथ नदिँदा देउवासामु पनि पौडेललाई भावी राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीमै कार्यवाहक सभापति दिने आश्वासनमा आफूसँग राख्ने विकल्प पनि छ । तर, यो विकल्पलाई देउवा पक्षकै नेताहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा। प्रकाशशरण महतसहितले नरुचाउन सक्छन् ।