११ कार्तिक २०८३, बुधबार

पूर्वसंस्थापनबाट देउवालाई कति चुनौती ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । गिरिजादेखि सुशील कोइरालासम्म आइपुग्दा पार्टी व्यवस्थित नभएको, विधि र विधानको पालना नभएको भन्दै देउवाले राजनीति मात्र गरेनन्, यही नाराले १३औँ महाधिवेशनबाट नेतृत्वसमेत हत्याए । तर, महाधिवेशन भएको साढे दुई वर्षसम्म पार्टीभित्र राम्रो व्यवस्थापन गर्नमा देउवा पनि चुकेको टिप्पणी हुन थालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सभापतिका रूपमा केन्द्रीय समितिमा देउवाको प्रभाव घटेको छैन । तर, केही प्रभावशाली केन्द्रीय सदस्यले साथ छोड्नु, भ्रातृसंस्थाहरू निरन्तर कमजोर हुँदै जानु, आफैँले मनोनीत गरेका केन्द्रीय सदस्यहरू असन्तुष्ट हुनु, गत तीनवटै निर्वाचन परिणाममा कांग्रेस कमजोर देखिनुले भने पार्टीको तल्लो तहसम्म देउवा बलिया छैनन् भन्ने सन्देश दिन्छ । यी सबै नतिजालाई ख्याल गर्दै तलबाटै चुनिएर आउने महाधिवेशन प्रतिनिधि निर्णायक हुँदा केन्द्रमा बहुमत देखिँदा पनि १४औँ महाधिवेशनमा देउवा कमजोर बन्न सक्छन् ।

१३औँ महाधिवेशनमा जिताउन भूमिका खेलेका कृष्ण सिटौला, अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारीले देउवाको साथ छाडेका छन् । यिनीहरूले छोड्नु पनि देउवाका लागि अर्को ठूलो चुनौती हो । यद्यपि, विजयकुमार गच्छदारलाई उपसभापति बनाएर आफ्नै खेमामा टिकाउने, आफ्नो पक्षमा अनुशासन कायम राख्ने र पूर्वसंस्थापन पक्षलाई फाइदा नपुग्ने गरी पदाधिकारी थप नगर्दा भने देउवालाई फाइदा हुन सक्नेछ ।