शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

यी छोरी बलात्कारका अभियुक्त बुबा, जसले आफ्नै लिंग काटे

दैनिक नेपाल २०७५ मंसिर ७ गते १३:०६

काठमाडौं । बलात्कारीलाई फाँसी दिने, नपुंसक बनाउनुपर्नेलगायत विषयमा विभिन्न अधिकारकर्मीहरुले आवाज उठाईरहेका वेला यस्तै कठोर सजाय एक बलात्कारीले आफैंलाई दिएका छन् ।

घटना हो भारतको केरला राज्यको । केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा जेल जीवन बिताइरहेका एक बाबुले आफ्नै लिंग काटेका छन् । वेन्दी पेरियार नामका ती व्यक्तिले दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग काटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार दाह्री काट्नका लागि जेल प्रशासनले उनलाई ब्लेड दिएको जनाएको छ । सोही ब्लेडले उनले आफ्नो लिंग काटेर अगल गरेका पनि प्रशासनले जनाएको छ ।

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा गत अगष्टमा उनलाई प्रक्राउ गरिएको थियो । यद्दपी हालसम्म पनि उनले छोरी बलात्कार गरेको स्वीकार भने गरेका छैनन् । उनको उपचार भइरहेको छ । छिनिएको उनको लिंग जोड्न भने असफल भएको डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित