शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

सुन्दरीमा श्रृङ्खला, व्यवस्थामा हिमानी !

विनोद ढकाल २०७५ मंसिर ७ गते १२:१८

-विनोद ढकाल

शीर्षकका दुई नाम एकअर्काका परिपूरक देखिँदैनन् । न कुनै सन्दर्भका योगफल जस्ता भेटिन्छन् । यीनमा समान भनेको लिङ्ग र सुन्दरता मात्र हो । यी दुई फरक पाटोका महिलालाई जोड्न सक्ने आधारविन्दु नेपाली जनताको अभिमत नै हो । यो अभिमत विश्वका १२० सुन्दरीलाई पछि पार्नका लागि सक्षम हुँदै निरन्तरताको क्रमभंग गर्न सक्षम हुन्छ भने यहि मत अस्रेल्ल राजनीतिको विकल्पमा झर्न के बेर लाग्ला र ? सामाजिक सञ्जालदेखि आम मनोविज्ञानमा विस्तारै प्रवेश गरिरहेको अर्को नाम हिमानी नै हो ।

पढाई र पेशाले उनी इन्जिनियर हुन् । सुुन्दरी प्रतियोगीता उनको सियासतको संकेत नै थिएन । तर एकाएक नेपाल सुन्दरीमा भाग लिने महत्वकांक्षाले उनलाई विश्व सुन्दरीको ताज नजिक पुराएको छ । यो, सौन्दर्यताको सत्तानजिक पुग्ने कम्युनिस्ट पुत्री, कम्युनिस्ट शासन भएको देश (चीन)मा नै ताज हत्याउन अभ्यासरत छिन्

यसर्थ, यी दुई पात्रलाई यहाँ जोड्न खोजिएको हो, आलेखमार्फत । नाममा जोड्न खोजिएका ‘सुन्दरी’हरूको परिचय तस्बिरले खोलिसकेको छ ।

श्रृङखला खतिवडा प्रदेश सांसद मुनु सिग्देल, प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी पुत्री हुन् । पढाई र पेशाले उनी इन्जिनियर हुन् । सुुन्दरी प्रतियोगीता उनको सियासतको संकेत नै थिएन । तर एकाएक नेपाल सुन्दरीमा भाग लिने महत्वकांक्षाले उनलाई विश्व सुन्दरीको ताज नजिक पुराएको छ । यो, सौन्दर्यताको सत्तानजिक पुग्ने कम्युनिस्ट पुत्री, कम्युनिस्ट शासन भएको देश (चीन)मा नै ताज हत्याउन अभ्यासरत छिन् ।

अर्थात्, उनमा त्यो साहस अभिमतले दिएको हो । दिन दिनै र हरेक घन्टा उनले मत दिनेलाई अभिप्रेरित गरिरहेकी छन् । सुन्दरी सत्ता सीमित समयका लागि उनको हातमा कसो नआउला ? जबकी, सुन्दरी प्रतियोगिताको बिरोधमा हिजोका कम्युनिस्ट सक्रिय थिए । अझ, माओवादी युद्धकालमा त यो प्रतियोगिता रोकिएको पनि थियो । तर, ति विरोधीहरू अहिले विरोध खतिवडालाई बधाई दिइरहेका छन् । मुनु सिग्देलको नाक उँचो बनाइरहेका छन्, एउटै छातामुनि पसेर ।

अर्कातिर छिन् व्यवस्थाकी सुन्दरी हिमानी शाह । उनी सियासतले महारानी नजिकको कुर्सीमा पुगेर कम्युनिस्टहरूको युद्ध र आन्दोलनको बलमा अधिकार खोसिएकी नारी हुन् । उनको शालिनता लामो समयसम्म पनि कायम रह्यो । धैर्यता त झनै धेरै । उनीप्रति पनि नेपाली जनता नरम छन् । तस्बिर हेर्दै अस्रेल्ल र भद्रगोल राजनीतिको विकल्पमा सुरु भएका अनेक अभ्यासहरूसँगै सहानुभुति बटुली रहेकी छन्

नेपाली जनमत निक्कै बलियो छ । भोटिङको बलमा नै श्रृङ्खला विश्व सुन्दरीको अन्तिम पाँचमा पुगिसकेकी छन् । नेपाली भोट दिनका लागि खप्पिस छन् । झरेका भोटहरूमा ३२ प्रतिशत त श्रृङ्खलाको मात्रै छ । भोटको गति जसरी अघि बढेको छ, यस अर्थमा उनले विश्व सुन्दरीको ताज लिएर नेपाल आउनेमा शंका बिरलै गर्न सकिएला । उनलाई बधाई छ, विश्व सुन्दरीको गरिमा बोकेरै नेपाल फर्किनका लागि शुभकामना छ ।

अर्कातिर छिन् व्यवस्थाकी सुन्दरी हिमानी शाह । उनी सियासतले महारानी नजिकको कुर्सीमा पुगेर कम्युनिस्टहरूको युद्ध र आन्दोलनको बलमा अधिकार खोसिएकी नारी हुन् । उनको शालिनता लामो समयसम्म पनि कायम रह्यो । धैर्यता त झनै धेरै । उनीप्रति पनि नेपाली जनता नरम छन् । तस्बिर हेर्दै अस्रेल्ल र भद्रगोल राजनीतिको विकल्पमा सुरु भएका अनेक अभ्यासहरूसँगै सहानुभुति बटुली रहेकी छन् ।

विनोद ढकाल, लेखक

मठ, मन्दिर, गरिबका झुपडी र समाज सेवाको तिर्खामा उनले गोरखामा विद्यालय बनाइन्, धादिङमा राहत वितरण गरिन् । गरिबका कुटीमा सहयोग गरिन् । धर्मको आस्थालाई जीवित राखिरहेकी छन् । यसर्थ, हिन्दूवादी देशका लागि मत खस्ने हो भने हिमानी अर्को व्यवस्थाको विकल्पकी पात्र हुन् । उनकै नाममा चर्चा पनि भइरहेको छ ।

कुटनीतिक पहल, आस्थाको केन्द्र र भ्रष्टाचारको विकल्प अहिलेका नेपाली जनताले रोजेका छन् । यसको उदाहरण सरकारले प्रतिरक्षा गर्दै गरेको राष्ट्रपति कार्यालयका लागि खरिद गर्न लागेको १८ करोडको गाडी हो । यसलाई सरकारको संस्थाप्रतिको निर्णय होइन, व्यक्तिका लागि दिइएको अनुदानको दृष्टिकोणबाट आम मानिसमा व्याख्या भइसकेको छ । त्यो प्रतित पनि भएको छ । यी बाहेक राजनीतिक शक्ति केन्द्रका आर्थिक अश्लीलताको पराकाष्ट, कमिशनतन्त्रको जबरजस्ती, आफन्तलाई टाउकोमा राख्न गरिएका हत्कण्डालाई आम मानिसले विश्लेषण गरेरै मनभित्र रहेका द्वेषलाई सामाजिक सञ्जालमा अभिव्यक्त गरेका हुन् । र, विकल्पमा हिमानीको मुहारलाई सुसुप्त ढंगले स्वीकार गरेका पनि छन् ।

मुलुकमा राजतन्त्र वा गणतन्त्र भन्ने जनमत संग्रह गर्ने हो भने यसले एउटा कठोर अवस्थालाई ल्याउँछ । विद्यादेवी कि हिमानी ? भन्ने विषयलाई पनि जनतासम्म पुराउने हो भने तत्काल एउटा निर्णय हाउन सक्छ, हिमानीका पक्षमा । यसर्थ, मुर्छा पारिएको, भ्रष्टाचार, नातावाद र कमिशनतन्त्रको झटारो हान्दै कोमामा पुराइएको गणतन्त्रको विकल्प आम मानिस खोजिरहेका छन्, हिमानी बिम्बमा । त्यहाँ राजसंस्था कायम गर्ने सवालमा केही शेषहरू छाडिएका छन् आलंकारीक, बेलायती राजसंस्थाको ढाँचा वा नरम राजसंस्थाको परिकल्पनाहरूमा ।

जसरी सोच्दै नसोचेको, अहिलेसम्म नपुगेको चरणमा श्रृङ्खलाको दौड सफल हुन्छ भन्ने विश्वासका कसीहरू जनमतले देखाइरहेको छ व्यवस्था परिवर्तनका सवालमा, सोचमा पनि त्यस्ता कसी हिमानीका नाममा बनिरहेका छन् । त्यसैले नै कतिपय ठाउँमा संगठन, संस्था गठन गरी प्रचारका काम जारी छन् । त्यो विश्व हिन्दु महासंघ, बिराट हिन्दु महासंघ, कर्मवीर, वीर गोरखाली वा शिव सेनाको छायाँमा जारी नै छ । यता, राप्रपाको सैद्धान्तिक लाइनका हिसाबमा पनि अघि बढिरहेको छ ।

पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तो क्रान्तिपछि पुरानो शक्ति अझ बलियो हुने बेला त होइन यो ? त्यसैको अभिमतका लागि बेजोड भइरहेको जनमतलाई लोकतान्त्रिक प्रणालीको सीमारेखामा बाँध्नका लागि भ्रष्टाचारशुन्य मुलुक बनाउन पर्छ कि पर्दैन ? अन्यथा शीर्षकमा जस्तै धेरैका मुखारविन्दुमा हुनेछन्– सुन्दरीमा श्रृङ्खला, व्यवस्थामा हिमानी

लोकतन्त्र, गणतन्त्रको बचाऊ आमुख नेताको इच्छाको भुमरीले नहुने रहेछ । त्यसका लागि भ्रष्टाचारमुक्त नेपाल कायमको अभ्यास आवश्यक हुने रहेछ । लोकतन्त्र र संविधानका कसी मानिएका गिरीजाप्रसाद कोइराला, सुशील कोइराला, साहना प्रधानहरूको सहादतले मात्र पनि नपुग्ने रहेछ । जनताको मनमा त्यसप्रतिको विश्वास र भरोसा जगाउनका लागि राजनीतिक प्रशासन र संयन्त्र नै बलियो हुनुपर्ने रहेछ भन्ने पाठ सिकाइरहेको छ, युगले । पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तो क्रान्तिपछि पुरानो शक्ति अझ बलियो हुने बेला त होइन यो ? त्यसैको अभिमतका लागि बेजोड भइरहेको जनमतलाई लोकतान्त्रिक प्रणालीको सीमारेखामा बाँध्नका लागि भ्रष्टाचारशुन्य मुलुक बनाउन पर्छ कि पर्दैन ? अन्यथा शीर्षकमा जस्तै धेरैका मुखारविन्दुमा हुनेछन्– सुन्दरीमा श्रृङ्खला, व्यवस्थामा हिमानी ।

प्रतिक्रिया
सम्बन्धित