१ कार्तिक २०८३, शनिबार

अमेरिकामा नेपालीहरूले मनाए थ्याङ्कसगिभिङ् डे

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । अमेरिकामा रहेका नेपाली मूलका अमेरिकनहरूले थ्याङ्कसगिभिङ् डे हर्सौल्लास साथ मनाएका छन् ।

अमेरिकामा क्रिसमसपछि कै सबैभन्दा ठूलो पर्वका रुपमा मनाइने दिवसमा नेपाली समुदायले पनि आफ्ना परिवार, आफन्त, इष्टमित्र तथा साथीभाईलाई आफैले विभिन्न परिकारका खानेकुराहरू बनाएर या खरिद गरिएका चिजहरूद्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् ।

पर्वमा मुख्य रुपमा अमेरिकामा पाइने कालिज जस्तो ठूलो चरा टर्की अर्थात् पातालमयूरको मासु खाइन्छ । साथै अन्य फरक परिकार समेत यसमा खाने चलन छ ।

परम्परा अनुसार पर्व सुरु हुनु अगाडि व्हाइट हाउसमा टर्की राष्ट्रपतिको अगाडि जिउँदो टर्की प्रदर्शन गरिन्छ । पार्डोनिंग अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन् । सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ ।