११ कार्तिक २०८३, बुधबार

नेकपामा २१ नेताको माग छलफलको एजेन्डा बन्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । पार्टी नेतृत्वको कार्यशैली र सरकार–पार्टी सम्बन्ध बलियो बनाउन तत्काल पार्टी बैठक बोलाउन माग गर्दै बुधबार महासचिव पौडेलमार्फत अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका नेकपाका २१ केन्द्रीय सदस्यको मागले पार्टी बैठकको एजेन्डाका रूपमा प्रवेश पाएको छ ।

सचिवालयलाई कार्यकारी नबनाउन, स्थायी समितिदेखि केन्द्रीय समितिसम्म बैठक नियमित बोलाउन, पोलिटब्युरो तत्काल गठन गर्न र गठनपछि मात्रै केन्द्रीय सदस्यको कार्यविभाजन गर्न उनीहरूले माग गरेका थिए ।

उनीहरूले पार्टीभित्र आन्तरिक जनवाद कमजोर बनेको भन्दै पार्टी र सरकारबारे गम्भीर समीक्षाको माग गरेका थिए ।

केन्द्रीय सदस्य डा.विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरेलगायत २१ नेताका ६ बुँदे माग पार्टी बैठकको एजेन्डा बनेको प्रवक्ता श्रेष्ठले बताए। ‘उहाँहरूले लिखित रूपमै पार्टी अध्यक्षलाई सम्बोधन गरेर ज्ञापनपत्र नै बुझाइसकेपछि त्यसलाई छलफलको एजेन्डा बनाउने कुरा भएको छ’, उनले भने, ‘अब उहाँहरूका माग बैठकको एजेन्डाकै रूपमा छलफल हुन्छ ।’