१ कार्तिक २०८३, शनिबार

भारतीय राष्ट्रपति अष्ट्रेलियामा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी, ६ मंसिर । भारतीय राष्ट्रपति रामनाथ कोविन्द चारदिने भ्रमणका क्रममा बुधबार बिहान अष्ट्रेलिया आईगेका छन् ।

टापूले घेरिएको राष्ट्र अष्टे«लियामा भारतीय राष्ट्रपति कोविन्द, उहाँका श्रीमती सविता कोविन्दलगायतलाई उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका हुन् ।

द्वीपक्षीय यस भ्रमणको क्रममा उनले अष्ट्रेलियामा रहेका भारतीय नागरिकलाई सम्बोधन गर्नेछन् । त्यसैगरी उनले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५०औँ जन्मजयन्तीको उपलक्षमा अनावरण गर्नेछन् ।

राष्ट्रपति कोविन्दको यस भ्रमणको क्रममा भिक्टोरियाका गभर्नरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बेलर्बन विश्वविद्यालयका विद्यार्थीहरुलाई सम्बोधन गर्नेछन् ।

यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा थिए । उनले भियतनामको राष्ट्रियसभालाई सम्बोधन गर्नु साथै त्यहाँका राष्ट्रपतिसँग भेटवार्ता गर्नेछन् ।