शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

न्युजिल्याण्डमा व्यापार र पर्यटन मेला सम्पन्न

दैनिक नेपाल २०७५ मंसिर ३ गते ७:५०

न्युजिल्याण्ड । न्युजिलैंडमा नेपालीहरू कम संख्यामा छन् । पछिल्लो वर्षहरूमा विद्यार्थी पढ़न आउने क्रम बढ़ेसँगै नेपालीहरूको जनसंख्या दस हजारको हाराहरीमा रहेको अनुमान गरिएको छ ।

एडमण्ड हिलारिले सगरमाथा चढ़ेदेखि करीव धेरै न्युजिलैंडबासीलाई नेपालबारे थाहा छ । यी दुई देशका बीच ब्यापार र पर्यटन प्रबर्द्धन गर्न मेला महोत्सवहरु आयोजना गर्न प्रयास गरिदै आएको थियो । तर यस पटक भने ओकलैंड सहरमा अहिलेसम्म कै ठूलो मेलाको आयोजना गरिएको छ ।

नेपाल फेस्टिवल नाम दिइएको यो मेलामा न्युजिलैंडका राजनैतिक पार्टीका नेता, मन्त्री, मेयर लगायत नेपाली राजदूत लकी शेर्पाले समेत सहभागिता जनाएकी थिइन् ।

नेपाली कला संस्कृति झलकने झाकी, लाखे नाच, नेपाली मोमो र सेलरोटीले ओटी स्वयर नेपालमय बनेको थियो । स्थानीय कलाकारहरुले नाच गान प्रस्तुत गरेका थिए ।

कुटुम्ब बैंडको प्रस्तुतिमा बिदेशीहरु समेत नाची रहेका देखिन्थे । उपस्थित सबै सहभागीहरूको एउटै स्वरमा सुनिने उत्तर थियो नेपाल फेस्टिबल सफल रह्यो । आयोजक संस्था न्युजिलैंड नेपाल सोसाइटीका अध्यक्ष दिनेश खड़काका अनुसार उक्त फेस्टिबलमा करिब दश हजारले नेपाल घर र स्टलहरुको भीजीट गरेका थिए ।

मानार्थ पर्यटनदूत बुद्धिसागर घिमिरेले आयोजक संस्थालाई धन्यबाद दिदै न्युजिलैंडका अरु शहरहरुमा पनि यस्ता मेला महोत्सवहरुको आयोजना गरी नेपालको पर्यटन प्रबर्द्धन गर्न लाग्नु पर्ने बताए । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष न्युजिलैंडबाट धेरै पर्यटकहरूले नेपाल भ्रमण गरेकाले नेपालीले गरेका सबै प्रयास सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित