
काठमाडौं । सन् १९९१ मा मुलुक बाहिर सबै भन्दा पहिला नेवा समुदायको पहलमा अमेरिकाको डीसी क्षेत्रमा स्थापित भएको नेपाः पासा पुचः अमेरीकाय (एनपीपीए)को नेपाल सम्बत् ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोह सम्पन्न भएको छ ।
समारोहको प्रारम्भ गणेश पूजा, नेपाली राष्ट्रिय गान तथा अमेरिकन राष्ट्रिय गानबाट सुरु भएर औपचारिक कार्यक्रम हुँदै सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।
साथै कार्यक्रममा मौलिक नेवाः साँस्कृतिक भोज भ्वय (सामूहिक रात्री भोजन)सहित सम्पन्न भएको हो । समारोह मेरिल्याण्डको गेथेस्बर्ग स्थित शेडी ग्रोभ मिडल स्कूल ( माध्यमिक बिद्यालय)मा भएको थियो भने लाखे नाच सहित झाँकी प्रस्तुति गरिएको थियो ।
समारोहमा वाशिंगटन डिसी थित नेपाली दुताबासका आर्थिक सल्लाहकार कैलाश राज पोखरेल प्रमुख अतिथि तथा बिशेष अतिथिमा पूर्व स्वास्थ्य राज्य मन्त्रि तथा नेवा समुदायका अगुवा तीर्थराम डंगोल रहेका थिए ।
प्रमुख अतिथि पोखरेलले आफ्नो भाषा संस्कृती तथा परम्परालाई बिदेशमा पनि जगेर्ना तथा सम्बर्द्धन गर्न एनपीपीएले अहम भूमीका निर्वाह गरेकोमा चर्चा गर्दै शुभकामना दिए। सभापति राजु जोशीले आफ्नो नेतृत्वमा अहिलेसम्म गरेका कामहरुको बारेमा प्रस्तुति साथ संक्षेपमा जानकारी दिएका थिए ।
लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।















प्रतिक्रिया