बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

निर्मलाका बुबाआमालाई बेलायतमा बस्ने नेपालीले पठाए ५५ हजार

दैनिक नेपाल २०७५ मंसिर २ गते ८:५१

महेन्द्रनगर । न्याय माग्दै धर्ना बसेका निर्मला पन्तका परिवारलाई बेलायत बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।

बेलायतको बेजिंगस्टोक नेप्लिज कम्युनिटी (बीएनसी) ले संकलन गरी पठाएको ५५ हजार ५ सय ५१ रुपैयाँ शनिबार निर्मलाका बुवा यज्ञराजलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले उक्त रकम धर्नास्थलमै पुगेर हस्तान्तरण गरेका हुन् ।

बीएनसीले पीडित परिवारलाई नैतिक समर्थन जनाउनसमेत आर्थिक सहयोग प्रदान गरिएको जनाएको छ । संस्थाकी सल्लाहकार सुधा गुरुङको पहलमा सहयोग संकलन भएको हो ।

बीएनसीलेबर्सेनि यस्ता पीडित परिवार र परोपकारी काममा लागेका संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ । सहयोग हस्तान्तरण गर्दै झाले पन्त परिवारले सुरु गरेको आन्दोलनमा समर्थन जनाए ।

प्रतिक्रिया
सम्बन्धित