२८ आश्विन २०८३, बुधबार

म अविवाहित हुँ, यौन आनन्द पनि लिइरहेकी छुः दीपाश्री निरौला

149.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौन आनन्द लिइरहेको बताएकी छिन् । उनले यौन आनन्द लिनबाट आफू पछाडि नरहेको बताइन् ।

पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा दीपाले विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् ।

‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘सेक्स गर्न विवाह नै हुनु पर्दैन ।’

तपाईको विवाह दीपक गिरीसँग कहिले हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा अभिनेत्री दीपाले भनिन्, ‘मेरो विवाह नै हुँदैन । दीपकसँग विवाह हुँदैन ।’

दीपाले समाजले दियो भने दीपक गिरीसँग आफ्नो विवाह हुने बताइन् । ‘कानून र समाजले गर्दा दीपक गिरीसँग मेरो विवाह हुँदैन’, उनले भनिन्, ‘समाजले दियो भने मात्रै दीपकसँग विवाह हुन्छ ।’

निर्देशक दीपाले छक्का पञ्जा फिल्मको सिक्वेल अब नबनाउने बताइन् । ‘छक्का पञ्जाको सिक्वेल नबनाउने भनेर सोँच बनाएका छौँ’, उनले भनिन्, ‘हाम्रो टिममा सल्लाह हुँदै छ ।’

राजनीति प्रवेशका बारेमा पनि दीपाले प्रस्ट पारेकी छिन् । ‘म जीवनमा राजनीति गर्दैन’, उनले भनिन्, ‘राजनीतिमा जाने मेरो कुनै सोँच छैन ।’ तपाई कम्युनिस्ट हो भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘म कुनै पनि पार्टीको होइन ।’