१ कार्तिक २०८३, शनिबार

लसएन्जल्समा पनि छठ पर्वको विशेष पूजा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यालिफोर्निया । मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले हिन्दु नेपालीहरूको विशेष चाड छठ पर्वको अवसरमा नेपाली धर्म, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने उदेश्यका साथ लसएन्जल्समा पहिलो पटक छठ पूजा गरिएको छ ।

नोभेम्बर १३ तारिख बेलुकी ६ बजे सूर्यास्त समयमा छठ पूजाको शुरुवात गरी नोभेम्बर १४ तारिख बिहान ७ बजे सूर्योदयसँगै सूर्यको पूजा गेर छठ पूजा कार्यक्रम गरिएको हो । डा.दीपेन्द्र महतो र वन्दना महतोको आफ्नै निवासमा छठ पूजा गरिएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरूको निम्ति खानपिन तथा पूजाको प्रसाद आयोजक पक्षले निःशुल्क प्रदान गरेका थिए । पूजामा लसएन्जल्सस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरू र संघ संस्थाका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी सबैलाई छठी माताले कल्याण गरुन् र नेपालीहरूको महान पर्व छठ पूजामा उपस्थिति हुनुहुने सबैलाई मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्नियाका च्याप्टर अध्यक्ष दिनेश शाहले धन्यबाद समेत ब्यक्त गरेका थिए ।