शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

चिकित्सा सेवाले भारत–नेपालको सम्बन्ध कसिलो बनाउँदै

दैनिक नेपाल २०७५ कार्तिक ३० गते ७:४६

खरसाङ । भारत र नेपालका अनुभवी डाक्टरहरूका धरैनै उपकारी सुझावहरूद्वारा खरसाङवासीहरूले स्वस्थ जीवन जिउने मार्गदर्शन पाउँदा बिहिबारको दिन हर्षित भएका थिए। हाड र मासुको जस्तै सम्बन्ध रहेको भारत र नेपालको सम्बन्धलाई चिकित्सा सेवाको क्षेत्रले अझ बढी कसिलो बनाएको छ। दुई मुलुकको यस्तो कसिलो सम्बन्ध बनाउने कार्यलाई एसोसिएशन अफ् कम्युनिटी अफथलमोलोजी अफ् इन्डिया (एसिओआईएन–एकोइन्)ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।

मुख्य रूपले मधुमेह रोग साथै यसबाट हुने आँखाको रोग बारेमा जनचेतनामूलक निःशुल्क स्वास्थ जाँच शिविर एकोइन् इन्डो नेपाल फ्रेन्डसीप सिएमई (कम्युनिटी मेडिकल एडुकेशन) ‘‘केयुआरओ (कुराऊ) एकोइनको आयोजनामा साथै खरसाङ एकाडेमी अफ् अफथलमोलोजी (कुराऊ)को सहयोगितामा भएको थियो। खरसाङको टाउन कमिटी हलमा भएको यस कार्यक्रममा नेपाल अफथलमोसिस् सोसाइटीका अध्यक्ष डा.बद्रीप्रसाद बधु मुख्य अतिथ थिए।

खरसाङमा पहिलोपल्ट भएको यस्तो जन उपयोगी जनचेतनामूलक सङ्गोष्ठी साथै निस्शुल्क जाँच शिविर खरसाङ महुकुमा अस्पतालकी कन्सलटेन्ट आई सर्जन डा.अनुपमा विश्वादसको सक्रियता भएको थियो। उनले बताएअनुसार एकोइन् सार्क मुलुकहरूसित संलग्न रहेको छ। यस्तो कार्यक्रम कहिले नेपाल, बङ्लादेश अनि भारतका विभिन्न प्रान्तहरूमा आयोजना हुने उनले बताइन्।

खरसाङमा यस्तो ठूलो चिकित्सा सेवाको सङ्गोष्ठी आयोजना गरिनुको कारण बारे बताउँदै डा.अनुपमा विश्वा स भन्छिन्, ‘‘देशभित्रै विभिन्न ठाउँहरू साथै विदेशतिर यस्ता कार्यक्रमहरू भइरहन्छन्। हाम्रो दार्जिलिङ पहाड एउटा मुख्य ठाउँ भएको हुनाले यहाँको महत्त्व बुझाउनका निम्ति यसपाली यो कार्यक्रम खरसाङ राखेका हौं। हाम्रा यहाँका मानिसहरूले पनि आधुनिक चिकित्साको सुविधा लिन अनि मधुमेह रोग बारेमा विशेष जानकारी प्राप्त गर्न सकोस् भन्ने उद्देश्य रहेको छ।’’

सङ्गोष्ठी हुन अघि भारत र नेपालका डाक्टरहरूले खरसाङ वरिपरिबाट मधुमेहको रोग र आँखा जाँच गराउन आएका रोगीहरूको स्वास्थ्य जाँच गर्दै निस्शुल्क औषधीहरू दिएका थिए। यसका साथै रोगीहरूलाई आफ्नो जीवनशैली परिवर्त्तन गराएर मधुमेहलाई नियन्त्रणमा राखेर स्वस्थ जीवन अनि सुखी जीवन जिउने बहुमूल्य सुझावहरू दिएका थिए।

सङ्गोष्ठीमा आफ्नो वक्तव्यमा मुख्य अतिथि डा। बद्री प्रसाद बधुले यस किेसिमको जन उपयोगी सङ्गोष्ठीमा आफू खरसाङ आउन पाएकोमा खुशी प्रकट गरे। उनले बताएअनुसार एकोइनको आयोजनामा यसभन्दा अघि यस्तो सङ्गोष्ठी पहिलोपल्ट काठमाडौमा भएको थियो भने दोस्रोपल्ट खरसाङ गरिएको हो र अब तेस्रो सङ्गोष्ठी धरानमा हुने उनले बताए। मधुमेहबाट हुने आँखाको रोग समस्याग्रस्त भएका हुनाले यस बारेमा सचेत रहनु आवश्यक रहेको उनले बताए।

गुवाहटी आई इन्सटिट्युट एण्ड रिसर्च सेन्टरका सिनियर कन्सलटेन्ट एवं निर्देशक डा.विराज ज्योति गोस्वामीले भारतमा सबैभन्दा बढी सङ्ख्यामा नेपालीहरू असममा रहेको बताउँदै त्यहाँ यस्तो सङ्गोष्ठी आयोजना हुन आवश्यक रहेको बताए। नेपाली जनजीवनसित आत्मियता गाँसिएका बङ्ला भाषी डाक्टर गोस्वामीले देउसी गाउँदा केही क्षण परिवेश रौसिलो बनेको थियो। उनले भने, ‘‘युग युगदेखिको भारत र नेपालको मित्रता सधैंसधैं कसिलो रहनेछ।’’

सङ्गोष्ठीको स्वागत भाषण डा.अनुपमा विश्वाासले राखेपछि वर्द्धमान मेडिकल कलेज पश्चिम बङ्गालका प्रो. डा. स्वपन सामन्तले भारतीय उपमहादिपमा मधुमेह र यसबाट आँखालाई पुर्या्उने क्षति बारेमा जनचेतना फैलाउनु यस किसिमको सङ्गोष्ठीको उद्देश्य रहेको उजागर गरे। नेपालबाट अन्य डाक्टरहरूमा डा.रबिन मास्के, डा.पारस पोख्रेल, डा.अनादी खत्री, डा. इन्दिराले सङ्गोष्ठीमा प्रस्तुती साथै चिकिस्ता शिविरमा पनि रोगीहरूलाई जाँच गरेका थिए। भारतबाट डा.सुभ्र किन्कोर गोस्वामी, डा.चन्दना चक्रवर्त्ती, डा.रूद्रजित सिन्हा, डा.शङ्ख सुभ्रो चौधरी, डा.सङ्गीता डेका, डा.सुगतो पल, डा.सोमनाथ चक्रवर्त्ती, डा. बिजुली गोस्वामी आदिले सङ्गोष्ठीमा भाग लिएका थिए।

यस सङ्गोष्ठीमा दार्जिलिङ चाइल्डलाइन् खरसाङ उप केन्द्र, खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन, गोथल्स् साइडिङ युथ यलब र स्थानीय टेलिभिजन च्यानल नमस्ते खरसाङका कार्यकर्त्ताहरूले सहयोग पुर्या एका थिए।

यस्तो जन उपयोगी कार्यक्रम खरसाङमा आयोजना गराइदिएकोमा एकोइन र कुराऊप्रति आभार प्रकट गर्दै दार्जिलिङ चाइल्डलाइन् खरसाङ उप केन्द्रकी प्रभारी श्रीमती ईसा लेप्चाले दैनिक नेपालसित कुरा गर्दै भनिन्, ‘‘यस्तो ठूलो सङ्गोष्ठी र चिकित्सा शिविरको आयोजनाले हामीलाई मधुमेह र यसबाट आँखा हुने रोग अनि रक्तचापको रोग बारेमा महत्त्वपूर्ण जानकारीहरू प्राप्त भएको छ। यसको निम्ति हामी विशेष गरि खरसाङ महकुमा अस्पतालकी डाक्टर अनुपमा विश्वाहसप्रति आभार प्रकट गर्दछौं।”

दिनभरि चलेको यस कार्यक्रममा साँझको बेलामा नेपाली लोकगीत र नाचहरूको रौसिलो परिवेशमा सबै रम्मिएका थिए। नमस्ते खरसाङ टेलिभिजनका प्रबन्धन निर्देशक अशोक शर्माद्वारा संचालन गरिएको कार्यक्रममा माया प्रधान, सुरज वाल्मिकी, कृष्ण ढकालले नेपाली लोक गीतहरू गाएका थिए भने अर्पिता दासगुप्तने नेपाली लोक नाचहरू प्रस्तुत गरेर सबैलाई नचाउनसम्म नचाए।

प्रतिक्रिया
सम्बन्धित