नयाँदिल्ली । भारतको आग्रामा आमाको दूध चुसिरहेका एक १२ दिने शिशुलाई बाँदरले खोसेर मारिदिएको छ । घरभित्र पसेको बाँदरले शिशुलाई काखबाट खोसेको थियो ।
शिशुलाई लगेपछि स्थानीयले बाँदरलाई लखेटेका थिए । त्यही क्रममा बाँदरले शिशुलाई छिमेकीको छतमा फ्याँकिदिएको बीबीसीले जनाएको छ । बाँदरले लछारपछार गर्दै टोकेकाले शिशु गम्भीर घाइते भएका थिए । बाँदरबाट मुक्त गरेपछि तत्कालै अस्पताल पुर्याइएका शिशुकोउपचारको क्रममा मृत्यु भएकोपरिवारले जनाएको बीबीसीले उद्धृत गर्दै लेखेको छ ।
स्थानीय प्रहरी कार्यालयका अधिकृत अजय कुशलले रोयटर्सलाई बताए अनुसार बाँदरको आक्रमणबाट शिशुको शरीरमा चोटैचोट लागेकोथियो ।
स्थानीयका अनुसार उक्त क्षेत्रमा बाँदरको आतंक बढ्दो छ । दुई महिना अघि पनि बाँदरको आक्रमण परी एक बालक सख्त घाइते भएका थिए । गत मेमा ताजमहल क्षेत्रमा दुई पर्यटकलाई बाँदर आक्रमणको गरेको थियो ।
सहर विस्तारका क्रममा प्राकृतिक बासस्थान भत्कन थालेपछि बाँदरहरू झन् हिंस्रक बन्दै गएका छन् ।













प्रतिक्रिया