शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

गृहमन्त्रालयमा आगलागी, सुरक्षा सल्लाहकारको कार्यकक्ष जल्यो

दैनिक नेपाल २०७५ कार्तिक २९ गते १७:५८


काठमाडौँ, २९ कार्तिक । सिंहदरबारस्थित गृह मन्त्रालयमा आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो ।

मन्त्रालयमा आगलागी भएपछि कर्मचारीको भागाभाग भएको थियो । आगो तत्कालै नियन्त्रणमा लिइएको थियो ।

मन्त्रालयको भुइँतलामा रहेको राईको कार्यकक्षस्थित एसीमा बिद्युत सर्ट भएर आगलागी प्रहरीले जनाएको छ । आगलगीका कारण सल्लाहकार राईको कोठामा रहेका सामग्री जलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित