काठमाडौं, २९ कात्तिक । कांग्रेस महासमिति बैठकमा पेस गर्ने विधान मस्यौदा, राजनीतिक, आर्थिक र आन्तरिक आर्थिक प्रतिवेदन निर्माण कार्य ठप्प भएको छ ।
विधान मस्यौदा र प्रतिवेदन लेखन नसकिएकै कारण २८ मंसिरदेखि काठमाडौंमा बस्ने भनिएको महासमिति बैठक पुनः सर्ने सम्भावना बढेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यसअघि ५ देखि ९ मंसिरसम्म काठमाडौंमा बस्ने भनिएको महासमिति बैठक कागजात निर्माण सम्पन्न नभएको भन्दै २८ मंसिरसम्मका लागि सारिएको थियो । ९ भदौमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न प्रतिवेदन तयार गर्न समिति गठन गरेको थियो । तर, ती समितिहरूले प्रतिवेदन लेख्न अझै सुरु गरेको छैन ।
पार्टीको विधान संशोधनको मस्यौदा तयार गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ७ भदौमा गठित समितिले सात विषयमा देखिएको विवादमा सहमति हुन नसक्दा मस्यौदालाई अन्तिम रूप दिन सकेको छैन ।
‘केही विषयमा विवाद छन्, ती विवादमा सहमति हुन नसकेपछि १८ कात्तिकदेखि समितिको बैठक बसेको छैन’ समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले भने ‘यसैबीचमा तिहार र छठ पर्व प-यो । अब बैठक आह्वान गरेर विवाद मिलाउने प्रयास गर्छौं ।’















प्रतिक्रिया