
पेरिस । पेरिसको व्यस्त जीवनचर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महिना भित्रमा तेश्रो र भव्य कार्यक्रमको रुपमा देउसी–भैली २०७५ (२०१८) सम्पन्न गरेको छ ।
गतः जुलाई महिनाको प्रारम्भमा बनभोज ( बर्बक्यू) को माध्यमबाट समाजको पहिलो परिचयात्मक कार्यक्रम सम्पन्न गरेर जुलाइकै अन्तिममा नेपालका पूर्वप्रधानमन्त्री एवम् गोरखाका सांसद डा. बाबुराम भट्टराई र गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय अध्यक्ष गोरखाली भबन भट्टसँग संयुक्त अन्तरक्रिया कायक्रम पनि सम्पन्न गरेको थियो ।
११ नोभेम्बर आइतबारका दिन गोरखाली देउसी भैलो कार्यक्रम २०१८ संस्थाका उपाध्यक्ष रामेश्वर श्रेष्ठको घरमा सम्पन्न भयो । गोरखाली समाजले कार्यक्रममा सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरि पहिलो पटक पेरिसमा गोरखाली देउसी भैलो कार्यक्रम सम्पन गरेको हो । तिहार विशेष विभिन्न नेपाली खानेकुरा, भैलीनीहरुको देउसिरे गीत र नाचगानका साथ कार्यक्रम भव्य र सफल भएको थियो ।
विविध चाड पर्व, कला संस्कृतिको जगेर्ना पनि गर्ने र संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा लगभग १५१० युरो संकलन भएको संस्थाका कोषाध्यक्ष नानु देवकोटाले जानकारी दिइन् ।
कार्यक्रममा एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्लाहकार एवं एकता समाज फ्रान्सका पूर्व अध्यक्ष सुक गुरुङ, सल्हाकार एवं एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्याल, एनआरएनए फ्रान्सका पूर्व उपाध्यक्ष हरि सापकोटा, एनआरएन फ्रान्सका अन्तर्राष्ट्रिय समन्व परिषदका पूर्व सदस्य मिन जिसी, नेपाली साँस्कृतिक गृहका अध्यक्ष हेमन्त उपाध्याय, नेपाली एकता समाज फ्रान्सकी महासचिब डोल्मा तामाङ तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्तिथिति रहेको थियो ।
गोरखाली समाज साँस्कृतिक समूहका सुजन बानिया, सुजन राज भट्ट, रोशनी हमाल बानिया र कुल बहादुर लामा लगायतले साँस्कृतिक प्रस्तुती राखेका थिए । २०३४ मा गोरखा बजारमा जन्मिएर २०७४ मा पेरिसमा निधन भएका स्वर्गीय गोरखाली युबक उमेश अर्यालको स्मृतिमा उनका परिवारले समाजलाई आवश्यक परेको बाद्यबादन खरीद गर्नका लागि ४०० युरो प्रदान गरे ।















प्रतिक्रिया