शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

के हो पूर्वराजा ज्ञानेन्द्र र कांग्रेस नेता सिंह भलाकुसारीको मेसो ?

दैनिक नेपाल २०७५ कार्तिक २८ गते १३:३८

काठमाडौं, २८ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह र कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सोल्टी होटलमा केही समय भलाकुसारी भएको छ ।
आइतबार साँझ एउटा कार्यक्रममा उनीहरूको भेट भएको थियो । निजी निमन्त्रणा मान्नका लागि शाह र सिंह त्यहाँ पुगेका थिए ।

पूर्वराजा शाहले देशमा गणतन्त्र ल्याउने ठूला दलका नेता मध्ये सिंह नै पहिलो पटक भेटेका नेता हुन् । त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी र पूर्वपञ्चसँग भने शाहको निरन्तर भेटवार्ता भइरहेको थियो ।

प्रमुख प्रतिपक्षी दलका एकजना प्रभावशाली नेतासँग शाहको भेटलाई अर्थपूर्ण हिसाबले व्याख्या गरिएको छ । दुईजनाबीच सामान्य कुराकानी भएको थियो । देशको अवस्था र राजनीतिक गतिका विषयमा कुराकानी भएको थियो ।

हिन्दु राज्यका लागि कुटनीतिक पहल गरिरहेका शाह र हिन्दुत्वको विषयमा बहस चलाइरहेको कांग्रेसका नेताबीचको कुराकानीको मेसो भने बाहिरिएको छैन । एक सहभागीले भने,‘सामान्य कुराकानी मात्र भएको हो ।’

पूर्वराजा शाहले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा सहभागीता जनाएका थिए । राष्ट्रपति भण्डारीसँग उनको भेट दुई पटक भयो । उनका नाती हृदयेन्द्रको व्रतबन्धका बेला राष्ट्रपति भण्डारी पनि सोल्टी होटल पुगेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित