११ कार्तिक २०८३, बुधबार

कारबाहीमा परेका दीर्घ सोडारीले दिए घत लाग्ने प्रतिक्रिया

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २८ कात्तिक । मन्त्री पदबाट हटाइएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन् । मंगलबार उनलाई पदबाट हटाइएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सोडारीले भने, ‘मलाई मन्त्री भएको कुरा सुरुदेखि नै एउटा खेमालाई चित्त बुझेको थिएन । त्यही बेलादेखि मेरा विरुद्ध विभिन्न बहाना बनाइँदै थियो ।’

आफू पार्टीको इमानदार कार्यकर्ता भएको दाबी उनले गरे । पार्टीभित्र उनी भीम रावल निकट तथा माथिल्लो तहमा माधव नेपाल पक्षधर मानिन्छन् ।

उनीमाथि पदीय मर्यादा विपरित आचरण गरेको आरोप लगाइएको छ । पछिल्लोपटक मन्त्री चढ्दै आएको स्कारपियो गाडी भाइटीकाको दिन दुर्घटना भएपछि सोडारी थप विवादमा तानिएका थिए ।

सोडारीको ठाउँमा प्रदेश सभा सदस्य कृष्णराज सुवेदीलाई नियुक्त गर्ने तयारी छ । सुवेदी कैलाली क्षेत्र नं. ४ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।