शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

ओली, प्रचण्ड र नेपाल एकातिर, वामदेव कतातिर ?

दैनिक नेपाल २०७५ कार्तिक २५ गते १३:३५

काठमाडौं, २५ कात्तिक । प्रतिनिधि सभा उप निर्वाचनमार्फत संसद पस्ने र प्रधानमन्त्रीको कुर्सीसम्म पुग्ने सपनामा तुसारापात भएपछि नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम शीर्ष नेतासँग चिढिएका छन् ।

सरकारसँग रुष्ट भएका नेता माधवकुमार नेपाल, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको सरकारप्रति नरम व्यवाहार र आफुलाई संसदमा छिराउने प्रस्तावमा त्यतिसाह्रो ध्यान नदिए पछि उनी चिढिएका हुन् ।

उनले यो सरकारले गति नलिएको भन्दै राष्ट्रिय सहमतिको सरकारको विकल्पका विषयमा आफुले बहस छेड्दै त्यस प्रक्रियाको थालनी गर्ने घोषणा गरेका छन् ।

‘यो सरकारले काम राम्रो गरेको छैन, अब राष्ट्रिय सहमतिको सरकार कसरी बन्छ भन्ने विषयमा केन्द्रित हुन आवश्यक छ’, उनले भनेका छन्,‘बहुमत भएर पनि कम्युनिस्ट सरकारले गति लिन सकेको छैन ।’

गौतमलाई नेकपाको पनि उच्च तहको पद नदिइएको, सरकारले शक्तिशाली प्राधिकरण गठन गरी त्यसको प्रमुख नबनाएको र प्रधानमन्त्रीका लागि पनि बाटो खुला नगरेका कारणले उनी नेताहरूसँग रुष्ट छन् ।

नेकपामा असन्तुष्ट नेताहरूलाई समेटेर गौतमले फरक धारको नयाँ गुटको तयारी गरिरहेको पनि बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित