१ कार्तिक २०८३, शनिबार

अमेरिकामा पनि भाइटीका लगाएर मनाइयो तिहार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

वाशिंगटन डिसी । नेपाली हिन्दूहरूको मुख्य चाड तिहार अमेरिकामा पनि भाइटीका लगाएर मनाइएको छ ।

अमेरिकामा सार्वजनिक बिदा नहुने भएका कारण समय व्यवस्थापन गरी छुट्टी मिलाएर भाइटीका लगाइएको छ ।

दिनभरि परेको वर्षा तथा अमेरिकाका केही राज्यमा परेको हिउले समेत भाइटीकालाई कुनै पनि अबरोध गरेको छैन ।

नेपालमा जस्तै काग तिहारदेखि नै भाइटीकासम्म ५ दिन आफ्ना घरमा झिलीमिली बनाएर नेपालमा जस्तै दाजुभाईलाई दिदी बहिनीले कार्य गरेका छन् ।