न्युयोर्क । अमेरिकाबाट प्रकाशन हुँदै आईरहेको बिआरटी डटकममा प्रकासित ‘पिएमलाई कालो झण्डा सिएमलाई सम्मान’ शीर्षकको समाचार लेखक तथा सो पत्रिकाको सम्पादक लोकमणि राईमाथि जघन्य कुटपिट भएको भन्दै अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा)ले आपाm्नोा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा पत्रकारमाथि कुटपिट गरिनु अत्यन्त निन्दनीय रहेको इन्जाले जनाएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि भएको कुटपिटको भन्दै इन्जाले निन्दा गरेको छ । इन्जाले घटनाको तत्काल छानविन गरेर दोषी उपर कारवाहीको माग गरेको छ ।
दोषीलाई उम्काउन पीडित पक्षलाई विभिन्न व्यक्तिहरूले दबाब दिएको सुन्न आएको भन्दै इन्जाले दोषी माथि कडा कानूनी कारवाही होस् भन्दै जोडदार माग गरेको छ ।















प्रतिक्रिया