१ कार्तिक २०८३, शनिबार

क्यालिफोर्नियामा हतियारधारी व्यक्तिको हमलाबाट १२ को मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन, २३ कात्तिक । अमेरिकाको क्यालिफोर्नियास्थित एक बारमा हतियारधारी व्यक्तिको हमलाबाट १२ जनाको ज्यान गएको छ । अरु १० भन्दा बढी घाइते छन् ।

अधिकारीहरूका अनुसार हत्याका अभियुक्त पनि मृत भइसकेको तर पहिचान नखुलेको बताइएको छ । साथै किन हत्या गरियो भन्ने बारे पनि केही आशंका गर्न नसकिएको बताइएको छ ।

रातको समयमा उक्त बारभित्र घटनास्थलमा कम्तिमा पनि २ सय मानिस थिए । घटना लगत्तै कसैले झ्यालको सिसा फुटाएर भागे भने केही चिच्याउँदै ढोकाबाटै बाहिरिएका थिए । घइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी