डिसी । नेपालको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली समुदायले स्वागत गरेका छन् ।
मुख्यमन्त्री राई तिहारको बिदाको मौका तथा आफ्नो उपचारको क्रममा थाइल्यान्ड हुँदै निजी भ्रमणमा अमेरिका आएको बताए ।
बाल्टिमोरस्थित नेपाल हाउसमा महाबाणिज्यदूत प्रेमराजा महतको पहलमा भएको उक्त अनौपचारिक स्वागत तथा भेटघाट कार्यक्रममा बाल्टिमोरका विभिन्न संघरसंस्थाहरूका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
मुख्यमन्त्री राईले मेरिल्याण्डको निर्वाचन क्षेत्र ८ बाट राज्य प्रतिनिधि सभाका लागि डेमोक्रेटिक दलबाट बिजयी भएका ह्यारी भण्डारीलाई गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका सभापति दुर्गा साद श्रेष्ठ मार्फत शुभकामना सहित सौगात स्वरुप खादा पठाएका थिए ।
















प्रतिक्रिया