शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

आपसी मेल नहुँदा चुनाव हारियो–देउवा

दैनिक नेपाल २०७५ कार्तिक २२ गते १४:४२


काठमाडौँ, २२ कार्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनेपक्षित हार ब्यहोर्नु गरेको बताएका छन् ।

तिहार तथा नेपाल सम्वतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

सभापति देउवाले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे । निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई देउवाको निर्देशन छ।

सभापति देउवाले नेपाल सम्वतका प्रवर्तक शंखधर शाख्वाले गरिवी निवारणमा पु‍¥याएको योगदानको पनि चर्चा गरे ।

प्रतिक्रिया
सम्बन्धित