मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

उत्तरदायित्व पूरा गर्न कामको गति बढाउनुहोस् ओलीजीः झलनाथ खनाल

दैनिक नेपाल २०७५ कार्तिक २२ गते ११:२४

काठमाडौं, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् । मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे ।

देउसी खेल्न पुगेको रिपोर्ट क्लव नेपालको टोलीसँग कुरा गर्दै उनले भने, ‘विकास र समृद्धि विल्कुलै सम्भव छ । देश अहिले ऐतिहाँसिक चरणमा प्रवेश गरेको छ । देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पारत गरेर यहाँसम्म आएका छौं ।’

मृद्धिका पाईलाहरु भर्खर भर्खरै चल्न थालेको र ती पाईलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाई छ । उनले भने, ‘अझै गति थप्न जरुरी छ । अझै प्रभावकारिता थप्न जरुरी छ । तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं ।’

प्रतिक्रिया
सम्बन्धित