शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

७६ वर्षीय यी वृद्धाले जुवाको खालामा यस्तो गर्दै थिए खेलखण्ड

दैनिक नेपाल २०७५ कार्तिक २२ गते ११:१९

बुटवल, २२ कात्तिक । बुटवल प्रहरीले जुवाको खालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ ।

खालबाट पाँच लाख दुई हजार रुपैयाँ पनि बरामद भएको छ । रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा पासा खेलिरहेका १० जनाबाट ४ लाख २६ हजार २ सय, रुपन्देहीकै देवदह ३ सूर्यपुराबाट ५ जनासहित ७२ हजार ७३० र देवदहकै भवानीपुरबाट ३ हजार ८२५ रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।

बुधबार मध्यराति १२ बजे तिलोत्तमा ९ का ४८ वर्षीय केशब न्यौपानेको घरमा पासा खेलिरहेको अबस्थामा प्रहरीले छापा मारेर सोही स्थानका ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१ वर्षीय हरि पौडेल, १८ वर्षीय नितेष न्यौपाने, ५५ वर्षीय तुल्सीराम कडेल, ३८ वर्षीय मुकेश पाण्डे र ७६ वर्षीय शिबलाल कँडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी खैरेनीले रुपन्देही देवदह ३ का लोकराज भारतीको घरमा जुवा खेलिरहेका ५ जना र देवदहकै भवानीपुरबाट ६ जनालाई पक्रेको छ ।

पक्राउ परेका व्यक्तिहरू इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलमा छन् । ३ महिनाको अवधिमा बुटवल प्रहरीले जुवा खेल्ने करिब ४० जनालाई मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

प्रतिक्रिया
सम्बन्धित