मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

कांग्रेसका यी नेता केपी ओलीको ठूलो फ्यान

दैनिक नेपाल २०७५ कार्तिक २२ गते १०:१६

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी ओली ठूलो फ्यान रहेको बताएका छन् ।

उनले भने, ‘उहाँ मेरो फ्यान हो । म पनि ओलीको फ्यान हुँ । अहिले ओली सरकारको विरोध गर्नुको कुनै औचित्य छैन् । कांग्रेसले पनि अहिले विरोध गर्नुहुँदैन् । यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ ।’

बुधबार राति रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका उनले भने, ‘ओलीजीसँग स्पष्ट भीजन छ । विकास र समृद्धिको खाका उहाँसँग छ । उहाँले रेल र पानीजहाज दुवै चलाउनुहुन्छ । उहाँले गरेको कामको म उच्च मुल्यांकन गर्छु । विकास र समृद्धितर्फ मुलुक अघि बढ्नुपर्छ । र, भ्रष्टाचार अन्त्य हुनुपर्छ । यसमा ओली सफल हुनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित