शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

देउसी भैलोबाट रापती समाजले एकै दिन उठायो एक लाख पन्ध्र हजार (तस्बिर)

दैनिक नेपाल २०७५ कार्तिक २२ गते १०:०५

काठमाडौं, २२ कात्तिक । राप्तीका कलाकारहरूले कोष स्थापनार्थ शुरु गरेको देउसी भैलो कार्यक्रममा एकै दिन उल्लेख्य रकम संकलन भएको छ ।

लक्ष्मी पूजाको दिन बुधबार काठमाडौंमा खेलिएको देउसी भैलोबाट रापती समाजले एक लाख १५ हजार संकलन गरेको हो । समाजले चार घरमा मात्रै देउसी भैलो खेल्न भ्याएको थियो । चार घरबाट १ लाख १५ हजार दक्षिण प्राप्त भएको रापती समाजका अध्यक्ष शशि शर्माले जानकारी दिएका छन् ।

समाजले बुधबार उर्जामन्त्री वर्षमान पुन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की राष्ट्रिय सभा सांसद एवम् वरिष्ठ गायिका कोमल ओली, व्यवसायी किरण किशोर घिमिरे, सचिव अर्जुन कार्कीको घरमा देसी भैलो खेलेको थियो ।

समाजको देउसी भैलोमा वरिष्ठ गायिका कोमल ओली, वरिष्ठ गायक खर्कबहादुर बुढा, गायक चन्द्र शर्मा, गायिका माण्डवी त्रिपाठी, गायिका भूमिका गिरी, गायिका एवम् मोडल सिरजु अधिकारी, डान्सर विकास घले, फिल्म निर्देशक गणेश बेल्वासे, याङसु श्रेष्ठ लगायत दुई दर्जन कलाकार र राप्तीबासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित