मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

प्रधानमन्त्रीले यसरी सम्झिए शंखधर शाख्वालाई

दैनिक नेपाल २०७५ कार्तिक २२ गते ९:३०

काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री केपी ओलीले नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शंखधर शाख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन् ।

नेपाल संवत्को नयाँ बर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शाख्वाकै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत प्रचलनमा आएको बताएका छन् । शाख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले नेपाल संवतको सुरुवातको घटना नै प्रेरणादायी सन्दर्भ भएको बताएका छन्। ुशंखधर शाख्वाः ले ११३९ वर्ष अघि ऋणमा बाँधिएका गरीब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराएका थिए ।

त्यहीँ बेलादेखि सुरु भएको नेपाल संवतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावनाको बारेमा बताउँदै आएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

ओलीले नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्न समेत यो संवतले हामीलाई झक्झक्याउदै आएको बताएका छन् ।

शंखधर शाख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण उनी शताब्दीऔंपछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित