मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

‘ह्याप्पी बर्थ डे’ तिर्थमाधव : जो पण्डित बनाउन खोज्दा क्रान्तिकारी भए

विनोद ढकाल २०७५ कार्तिक २१ गते ९:३६

जर्मनीहरूलाई जीवनको अन्त्य हुनेबेला अस्पतालको शैयामा कविता सुनाएका महाकवी लक्ष्मीप्रसाद देवकोटा धनले धनी किन भएनन् ? यो प्रश्नको उत्तर जीवनको भोगाई र कसैको भनाईले पुष्टि गर्छ । देवकोटा मनले धनी थिए, विचारले धनी थिए । र, एउटा भनाई छ– जसलाई सरस्वतीले बास गरेकी हुन्छन् उनीसँग लक्ष्मी साथमा हुँदैनन् ।

महाकवी देवकोटालाई यी दुई सन्दर्भसँग जोडेर व्याख्या गर्न सकिन्छ । जीवनका अनेकन आयामलाई छोटो अवधिमा बुझेका देवकोटाको आज तिथिले जन्मदिन हो । अर्थात्, लक्ष्मीपूजाका दिन उनको जन्म भएको थियो । विक्रम सम्बत् १९६६ को लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटा सास्वत

सरस्वतीका प्रतिक थिए ।
संसार रूपी सुख स्वर्गभित्र
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझैं अब बुझ्छु बल्ल

विसं २०१६ मा मृत्युको पर्खाई गरिरहँदा तिलमिलाएका आँखा, झकझकाएको मुटुको चालसँग देवकोटाले यो कविताको सृजना गरेका थिए । २९ भदौ उनको निधन भएको दिन थियो ।

मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका उनले आजको नेपाली समाजलाई त्यसैबेला अनुभुति गरिसकेका थिए । यसको अर्थ विदेशीनुको पीडा शव्द र अक्षरमा उतारेर ।

हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दित मनले

देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए । उनी धोबीधारामा जन्मिए । विक्रम सम्वत् १९६६ साल कात्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको थियोे, तर उनको न्वारानको नाम तीर्थमाधव देवकोटा हो । ह्याप्पी बर्थ डे तिर्थमाधव ।

देवकोटाको घरको सकस सानो थिएन । व्यवस्थापकीय कमजोरीका कारण जहिले पनि धनको कमी भयो । तर, मनको कमी भएन । सानैदेखि उनले घरमा भन्ने गर्दथे– ‘म अंग्रेजी पढ्छु र ट्युसन पढाएर घरखर्च धान्छु ।’

तिलमाधव चहान्थे छोरा पण्डित होस् । तर, लक्ष्मीप्रसादमा पण्डित्याँई गर्ने रहरको पोको कहिले पनि पलाएन । मानै उनी एकप्रकारका समाजशास्त्री थिए । कविताका माध्यमले समाजको चित्रणमात्र गरेनन्, एउटा क्रान्ति नै स्थापित गर्न सफल भए । भनौ, एक खरो क्रान्तिकारी निस्किए । कम्युनिस्टले भनेजस्तो क्रान्तिकारी होइन, समाजको चित्र बदल्नुपर्छ भन्ने लेखकीय क्रान्तिकारी ।

शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए । सन् १९२५ मा देवकोटा त्रिचन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए। विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे

-विनोद ढकाल

राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन, तर धेरै चोटिको प्रयत्नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एकमात्र विद्यालय दरबार हाई स्कूलमा भर्ना गरिदिए । देवकोटा दरबार हाई स्कूलनै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए । सन् १९२५ मा देवकोटा त्रिचन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए। विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे। सन् १९२९मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानुन पढे ।

देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन । उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन् ।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्नेय अद्वितिय प्रतिभा थियो । उनले शाकुन्तल महाकाब्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे ।

पागलको व्याख्या
मैले बिएड पहिलो बर्षको नेपाली विषयमा मात्र पढेको थिएँ, देवकोटाको पागल । उनका हरेक शव्दले मलाई झुकावमा पारिदियो । खोज्दै गएँ, किन लेखियो पागल ? उनलाई धेरैले पागल भनी जिस्काउँदा रहेछन् । हरेक लेखकहरू आम मानिसको नजरमा खुस्केट जस्तो लाग्छ । तर त्यो सृजनाको भण्डारन थियो भन्ने कमैले मात्र थाहा पाउँछन् । उनलाई उपचारका लागि राँची पनि लगिएको थियो ।

‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए । देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए

उनको अनौठो स्वभाव देखेर उपचारका लागि १९९५ मा राँची अस्पतालका तत्कालिन मानसिक रोग विशेज्ञ अमेरिकी नागरिक डाक्टर वक्ले हिलले भनेका थिए,‘देवकोटामा केही समस्या छैन । केवल भुगोलको समस्या देखियो । उनी नेपालमा जन्मिनु गल्ती भयो । उनी अमेरिकामा जन्मिनुपर्ने थियो ।’
“पागल’’ कविता उनको अर्को महान कृति हो । जुन कवितामा उनले आफुलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन् ।

जरुर साथी म पागल
यस्तै छ मेरो हाल
म शव्दलाई देख्छु
अक्षरलाई सुन्छु

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए । देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो ।

१५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । विसं १९८५मा उनको पहिलो सन्तान छोरी सावित्री र १९८९मा जेठो छोरा प्रकाश जन्मिए । माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म विसं १९९३मा भएको थियो । कानुनमा स्नातकोपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के जहाँ उनले विभिन्न व्यक्तिगत सङ्कटहरू पनि भोगे ।

दुस्खमा दुस्ख थपिएझैँ, देवकोटालाई १९५८ (विसं२०१५)मा क्यान्सर लागेको थाहा भयो । भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिए पछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि वि.स.२०१६ साल भाद्र २९ गतेका दिन उनको मृत्यु भयो ।

सान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए,‘मृत्यु मेरो अगाडि छ । म आकासमा नक्षत्रहरू खोज्छु तर भेट्दिन । म आफुलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफु र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ ।’

जीवनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने,‘मैले आफ्नो जिन्दगी हरीनाम नजपेर, नास्तिक भएर बिताएछु, अब जान आँटीहाले !’
आलेखको उठान नै त्यहि कविताबाट गरेको छु ।

(स्रोत विकिपिडिया र केही संग्रहहरू)

प्रतिक्रिया
सम्बन्धित