मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

तिहारकै बेला मेसिनमा च्यापिएर कोरियामा नेपाली युवकको मृत्यु

दैनिक नेपाल २०७५ कार्तिक २१ गते ७:२४

सोल । दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ ।‍ झल्लाबुक्दो प्रान्तको यान्जीस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा चेपिएर मृत्यु भएको हो ।

स्थानीय समय अनुसार बिहान आठ बजेतिर नै काम गर्ने सुरुवातीमा उनको घटनास्थलमै निधन भएको थियो । मेसिनको आवाज नसुनेपछिसँगै काम गर्ने साथी गएर हेर्दा राजेशलाई मेसिनमा चेपिएको अवस्थामा भेटिएको थियो ।

उनी कार्यरत कम्पनीमा नेपालबाटसँगै आएका २ जना मात्रै नेपाली कामदार रहेका थिए । सँगैको साथीको पनि केही समय अघि दहिने हातमा चोट लागेपछि कुहिनाभन्दा मुनीको भाग काटिएपछि मेसिन चलाउने काम राजेशले गर्दै आएका थिए ।

दुईवर्ष अघि ईपिएस मार्फत काम गर्न आएका राजेशको पत्नी, २ छोरा र एक छोरी रहेका छन् ।

नेपालीहरूको वैदेशिक रोजगारको आकर्षक गन्तव्य बनेको कोरियामा ईपिएस प्रवाधान अनुसार कामदारले स्वइच्छाले कम्पनी परिवर्तन गर्न नपाउने प्रावधानका कारण धेरै कामदारहरू पीडित हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित