मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

रङ्गीचङ्गी फूल र झिलीमिली गाउँबस्तीको उज्यालो तिहार

सुनिता कंडेल २०७५ कार्तिक २० गते १८:१२

–सुनिता कंडेल
गुल्मी । रात अँधेरी तर यहाँ बत्तीहरुले उज्यालो छाएको छ । औंशीको मध्यरात तर, बत्तीहरुको उज्यालोले सबैका घर गाउँ बस्ती र सबैको मन उज्यालो छ तिहार पर्वले । चारैतिर ढकमक्क फूलेका रङ्गीचङ्गी फूलहरु र यो छुट्टै खालको मौसमले वातावरणलाई मात्र होइन सबैको मनलाई रङ्गीचङ्गीे र उत्साहित बनाएको छ ।

जता हेर्दा पनि मन चङ्गा हुने सबैको मनलाई फुर्काइदिने यो पर्वमा लामो समयसम्म टाढिएका दिदीबहिनी दाजुभाइको मिलनले अझ खुसी र रमाइलो थपिदिएको हुन्छ । तिहार पर्व नेपालीहरुको दोस्रो ठूलो महान् पर्वको रुपमा मनाउने गरिन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने यस पर्वलाई यमपञ्चक भनिन्छ । बहिनी यमुनाले दाजु यमराजलाई पाँचदिन आफ्नो घरमा राखेर पूजा गरेकी थिइन् भन्ने धार्मिक विश्वास छ । सोहि मान्यता अनुसार यमपञ्चक रहेको हो भन्ने कथन छ । तिहार पर्वको पहिलो दिन कागको पूजा हुन्छ । दोस्रो दिन कुकुरको, तेस्रो दिन गाई र धनकीदेवी लक्ष्मीको, चौथो दिन गोरु तथा गोवर्धन पहाडको र पाँचौँ दिन दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्ने परम्परा छ ।

पहिलो दिन यमराजको दूत र चलाख कागको पूजा हुन्छ भने दोस्रो दिन स्वामीभक्त कुकुरको पूजा हुन्छ । तेस्रो दिन औँसीको रातमा धनदाता महालक्ष्मीको पूजा गरिन्छ भने लाग्दो प्रतिपदामा लक्ष्मीकै रुपमा गाईको पूजा गरिने परम्परा रहिआएको छ ।

औँसीको रातमा नारीहरुले घरमा हरियो गोबरले लिपेर लक्ष्मीको पूजा गरी देउसीभैलो खेलेर घरधनीलाई आशीर्वाद दिने परम्परा पनि निकै रमाइलो छ ।

औँसीको रातमा नारीहरुले घरमा हरियो गोबरले लिपेर लक्ष्मीको पूजा गरी देउसीभैलो खेलेर घरधनीलाई आशीर्वाद दिने परम्परा पनि निकै रमाइलो छ । पर्वको चौँथो दिन भगवान् शिवको वाहन् गोरूका साथै गोवद्र्धन पर्वतको पनि पूजा गरिन्छ ।

गोबरको पर्वत बनाएर पूजा गर्दा घरमा लक्ष्मीले बास गर्ने र धनसम्पत्तिको कहिल्यै खाँचो नहुने भनाई रहेको छ । पाँचौँ दिन भाइतिहार मनाइने गरिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टिका लगाई मखमली र सयपत्री फूलको माला लगाइदिने गर्दछन् ।

टिका लगाएर सेलरोटी, बदाम, ओखर, काजु, नरिवल लगायतका मिष्ठान्नका परिकारहरु खान दिने प्रचलन रहि आएको छ । टिकापछि घरघरमा देउसी भैलो खेल्ने गरिन्छ । तर आजभोलि देउसी भैलोमा मौलिकता भन्दा पनि रमाइलो र पैसा जम्मा गर्नको लागि मात्रै खेलिँदै आएको छ ।

आफैँ गीत गाएर भन्दा पनि ब्याण्डबाजाहरुमा हिन्दी र पप गीतहरु बजाएर देउसी भैलो खेल्ने प्रचलन वढेको छ । नयाँ पिढीले पुरानो संस्कृतिलाई सिको नगर्नु, भित्रिएकोे बढ्दो प्रविधि र आधुनिकताले देउसी भैलोमा नयाँ पन मिस्सिएको छ । अहिले बजारमा देउसी भैलोसँगै तिहारमा प्रयोग हुने अन्य सामाग्रीहरुमा पनि नयाँपन आएको छ ।

तिहारमा प्रयोग हुने माटाका पालाहरु र चिउरीका पातको आफैँ बनाएर बालिने दियोको सट्टा बिभिन्न बिद्युतीय सामाग्रीहरु पनि बाल्न थालिएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै यस्ता मौलिक पर्वहरु विकृति तर्फ धकेलिन थालेका छन् ।

गाउँगाउँमा विद्युतीय सेवा पुग्दै जानु, माटाको दियो बनाउन छोड्नु र विभिन्न नयाँ खालका प्रविधिहरु आउनुले पनि माटाको दियोका सट्टा विद्युतीय सामाग्रीहरु प्रयोग हुन थालेका हुन् । अर्को तर्फ तिहारमा लगाइने फूलका मालाको सट्टा पनि कृत्रिम मालाहरु प्रयोग हुने क्रम वढ्न थालेको छ ।

तिहारका वेला खेलिने जुवातासले पनि विस्तारै हाम्रो समाजमा विकृति मौलाउँदै गएको छ ।

गाउँमा प्रशस्त मात्रामा फूलहरुको खेती नगर्नुले पनि कृत्रिम माला तथा अन्य देशहरुबाट आयातित मालाहरु प्रयोग गर्ने प्रचलन वढेको छ । यसमा पाकापुस्ताको चिन्ता रहेको छ ।

तिहारका वेला खेलिने जुवातासले पनि विस्तारै हाम्रो समाजमा विकृति मौलाउँदै गएको छ । पर्व विशेषमा खेलिने जुवातासले विकृत व्यवहार भित्र्याएको छ ।

मनोरञ्जनको बाहनामा खेलिने जुवातासले परिवार र आफ्नो व्यक्तित्व माथी नै हानी गर्दछ । त्यसैले जुवातास खेलेर मनोरञ्जन गर्नुपर्छ भन्ने मान्यतालाई त्याग्नुपर्छ ।

भाईटीका, तिहार अथार्त दीपावलीको सबैमा हार्दिक शुभकामना !

प्रतिक्रिया
सम्बन्धित