१ कार्तिक २०८३, आइतबार

ओलम्पियन विधान लामाको मूर्ति बनाउने घोषणा, लामा भन्छन्–म साधारण खेलाडी हुँ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कात्तिक १९, काठमाडौँ । नेपाली खेलकुदमा ऐसिहासिक सफलता हासिल गरेका तेक्वान्दो खेलाडी विधान लामाको मुर्ति स्थापना गरिने भएको छ ।

ओलम्पियन पदकधारी लामाको ६ महिनाभित्र मुर्ति स्थापना गरिने भएको हो । रिपोर्टस क्लब नेपालमा सोमबार पत्रकार भेटघाट कार्यक्रम गरेर लामाको प्रतिविम्ब प्रतिस्थापन निर्माण गर्नेबारे जानकारी दिइयो ।

मुर्ति निर्माणका लागि समिति बनाएर कार्ययोजना छिटै तयार परिने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक डिएन घिसिङले ३ दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिबिम्ब स्थापना गर्न लागिएको जानकारी दिए ।

लामाले सन् १९८४ देखि १९९० सम्म तेक्वान्दो खेलमा राष्ट्रिय टिममा रहेर खेलेका थिए । उनले सन् १९८६ मा पहिलोपटक १० औँ एसयाली खेलमा नेपालको तर्फबाट कास्य पदक जितेका थिए । त्यसैगरी १९८७ मा स्पेनमा आयोजित ८ औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हात पार्दै १९८८ को आठौँ एसियन च्याम्पियनसिपमा छनौट भइ रजत पदक जित्न सफल भएका थिए ।

त्यसैगरी २४ औँ ग्रीस्मकालिन ओलम्पिक खेलमा लामाले कास्य पदक जितेका थिए । लामाले आफ्नो खेल जीवनबारे लामाले स्मरण गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । आफूलाई साधारण खेलाडीका रुपमा मात्रै लिन आग्रह गर्दै उनले स्कुल पढ्दा भागेर ब्रुसलिको फिल्म हेर्न जाने गरेको बताए ।

उनी सानैदेखि मार्सल आर्टप्रति रुचि राख्दथे । नेपालमा ३९ सालपछि मात्रै सर्वसाधारणलाई तेक्वान्दो खेल खेल्न दिइएको जानकारी दिदै उनले आफू पनि त्यसपछि मात्रै यो क्षेत्रमा प्रवेश गरेको बताए ।

नेपालको इतिहासमा जिवित खेलाडीको मुर्ति बन्न लागेको यो पहिलो पटक हो ।